Hindi Films

ऋतिक रोशनको अफेयर कंगना रनौतसँग

Unknown | 03:05 | 0 comments

कंगना रनौत बलिउडकी सबैभन्दा सुन्दर र रहस्यमयी अभिनेत्री मध्ये एक हुन । उनको करियरको शुरुवातका दिनमा उनी निजी जीवनका समाचारबाट चर्चामा रहिन तर अहिले उनी आफ्नो व्यक्तित्वको कारण यति बदलिएकी छन कि उनलाई कसैले केही भन्न सक्दैन । तर अहिले अहिले भने यस्तो खबर बाहिर आएको छ कि यो सुन्दा तपाई समेत चकित हुनुहुनेछ । केही अगाडिको अन्तरवार्तामा खंगनाले भनेकी थिईन कि उनको जीवनमा कोही आएको छ तर नाम भने बताएकी थिईनन् । कंगनाले भनेकी थिइन मेरो लभ लाइफ धेरै नै उत्तेजनाले भरिएको छ । जानकारहरुका अनुसार कंगनाले उक्त इन्टरभ्यूमा भनेको व्यक्ति अरु कोही नभई बलिउड स्टार ऋतिक रोशन हुन । कंगना स्वयमलाई विश्वास नभएको बताइएको छ । किनकी ऋतिक आफै सजैनसँगको सम्बन्ध बिच्छेदमा उल्झिएका थिए । अहिले भने ऋतिकको सम्बन्ध बिच्छेद भइसकेको छ । उनी जिन्दगीमा नयाँ तरिकाले अगाडि वढ्न सक्छन् । कंगनाले उक्त इन्टरभ्यूमा भनेकी थिइन, आशा छ आफ्नो प्रेम उपयुक्त समय आएपछि व्यक्त गर्न सकुँ । सुत्रका अनुसार प्रेम सम्बन्धको लागि कंगना मात्र नभई ऋतिक पनि गंभिर रहेको बताइन्छ । अब दुबै जना आफ्नो सम्बन्धको बारेमा कुरा गर्न सक्छन । उनीहरु दुबै पहिलादेखि नै एक अर्काका साथी पनि हुन, दुबैले फिल्म 'काइट्स र कृष-३' मा सँगै काम पनि गरिसकेका छन ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments