Hindi Films

जाडोमा तोरीको साग खानै पर्ने ५ कारण (विस्तारमा)

Unknown | 03:18 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
जाडो मौषममा तोरीको साग सेवन गर्नु केवल स्वादिलो मात्र होइन स्वास्थ्यका दृष्टिले समेत निक्कै लाभदायक रहेको विशेषज्ञहरुले बताएका छन् । तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ । जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ । १ मुटुका लागि राम्रो तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ । २ पेट सफा बनाउँछ तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ । ३ कम क्यालोरी बढी फाइवर तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ । ४ हाडलाई बलियो बनाउँछ तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ । ५ आँखा तेज बनाउँछ आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments