Hindi Films

अमेरिकालाई उछिन्दै चीन बन्यो बिश्वको पहिलो अर्थतन्त्र !! अमेरिका १४२ बर्षपछि पछारियो

Unknown | 03:35 | 0 comments

 

 
china-and-USA
२१ मंसिर, काठमाण्डौ । १४२ बर्षसम्म बिश्वको सवैभन्दा ठूलो अर्थतन्त्रका रुपमा एकछत्र राज गरेको अमेरिकालाई चीनले पहिलोपटक उछिनेको छ ।
इन्टरनेशनल मनिटरी फण्ड (आइएमएफ)ले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चीनले अमेरिकालाई उछिन्दै बिश्वको सवैभन्दा ठूलो अर्थतन्त्र बन्न सफल भएको छ ।
चीनको अर्थतन्त्र पछिल्लो बर्ष १७६ खर्व अमेरिकी डलरको पुगेको छ भने अमेरिका १७४ खर्व डलरमा सिमित भएको छ ।
यो तथ्याङ्कअनुसार चीनले अब बिश्व अर्थतन्त्रको १६ दशमलव ५ प्रतिशत हिस्सा ओगटेको छ भने अमेरिकाले १६ दशमलव ३ प्रतिशत मात्र ।
एक दशकअघिसम्म पनि अमेरिकाको उत्पादन चीनको भन्दा तीन गुणा बढि थियो । सन् १९८० मा चीनको अर्थतन्त्र अमेरिकाको भन्दा दश गुणा सानो थियो ।
comparing_China_s_G
फण्डको प्रक्षेपणअनुसार आगामी ५ बर्षमा चीनको अर्थतन्त्र २७० खर्व डलरको पुग्नेछ भने अमेरिकाको बृद्दि केवल २२० खर्व डलरमा सिमित हुने छ ।
आईएमएफले यी दुई मुलुकका नागरिकको क्रयशक्तिलाई आधार बनाई यो तथ्याङ्क निकालेको हो । यद्यपी कुल ग्रार्हस्थ उत्पादन लगायतका सूचकमा भने चीनले अमेरिकालाई उछिन्न सकेको छैन् । गुल ग्राहस्थ उत्पादनमा अमेरिकाभन्दा चीन एक तिहाई कम भएकाले पनि अझै चीन बिश्वको सवैभन्दा धनी मुलुक बन्न भने नसकेको फाइनान्सियल टाइम्सले जनाएको छ ।
पछिल्ला बर्षमा चीनले सांघाईजस्ता आर्थिक केन्द्रको बिकाश गरिरहेको जसले अमेरिकाको बैभवलाई टक्कर दिन थालेको छ ।
पछिल्ला बर्षमा चीनले सांघाईजस्ता आर्थिक केन्द्रको बिकाश गरिरहेको जसले अमेरिकाको बैभवलाई टक्कर दिन थालेको छ ।
अमेरिका सन् १८७० मा बेलायतलाई पछि पार्दै बिश्वको नम्बर एक अर्थतन्त्र बन्न सफल भएको थियो । पछिल्ला केही बर्षयता चीनले गरेको तीव्र आर्थिक बृद्धिका कारण अमेरिकाले पहिलो अर्थतन्त्रको ताज गुमाउने अनुमान गरिदै आएको थियो ।

Category:

0 comments