Hindi Films

भारतले बनायो मानव झण्डाको किर्तिमान, गर्भमै तुहियो नेपाली सपना

Unknown | 06:42 | 0 comments

 

२०७१ मंसिर २७  nepal-human-flag
२१ मंसिर, काठमाडौं । नेपालले बनाएको सबैभन्दा ठूलो मानव भण्डाले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डबाट मान्यता नपाउँदै भारतले खोसेको छ ।
गत भदौ ७ गते टुँडिखेलमा झण्डै ३५ हजार मानिस मिलेर नेपालको राष्ट्रिय झण्डा बनाएका थिए । तर, गिनिज बुक अफ दि वल्र्ड रेकर्डले यसलाई औपचारिक रुपमा विश्व कीर्तिमानको मान्यता नदिँदै भारतले कीर्तिमान बनाएको छ ।
मंसिर २१ गते आइतबार भारतको चेन्नइमा झण्डै ४४ हजार मानिस मिलेर बनाएको भारतको मानव झण्डालाई गिनिज बुक अफ दि वल्र्ड रेकर्डले सबैभन्दा ठूलो मानव झण्डाको मान्यता दिएको छ ।
human-flag-record
‘मेरो झण्डा मेरो इण्डिया’ अभियान अन्तर्गत ५० हजार मानिस बाइएमसीए मैदानमा भेला भएर भारतको झण्डा बनाएका थिए । गिनिजले ४३ हजार ८३० जनाले भारतको मानव झण्डा बनाएको भन्दै सबैभन्दा ठूलो मानव झण्डाको प्रमाणपत्र शनिबार दिएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार झण्डा बनाउने समारोहको प्रत्यक्ष अबलोकन गर्न गिनिज बुकका प्रतिनिधि समेत कार्यक्रममा उपस्थित थिए ।
नेपालको मानव झण्डा निर्माण कार्यक्रममा भने गिनिज बुकका प्रतिनिधि उपस्थित थिएनन् । जसका कारण नेपाली मानवझण्डा निर्माणका अभियन्ताले भिडियो खिचेर बुझाएका थिए । भिडियोमार्फत् मान्छे गन्ने काम नसकिदै भारतले नेपालको सम्भावित किर्तिमान खोसिदिएको छ ।
यसअघि गिनिज बुकमा सवैभन्दा ठूलो मानवझण्डाको किर्तिमान पाकिस्तानको नाममा थियो । औपचारिकरुपमा यो उपाधि पाकिस्तानबाट भारतमा सरेको छ ।
 

Category:

0 comments