Hindi Films

अब सडक नियम मिच्नेलाई यसरि कारवाही हुने!

Unknown | 08:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले बढ्दो सडक दुर्घटना घटाउनका लापरबाहि गर्नेलाई सिधै जेल हाल्ने कानुनको प्रस्ताव गरेका छन् ।
सडक नियम उल्लंघन गर्नेलाई जेल हाल्ने प्रस्ताव गर्दै मन्त्री गौतमले सुशासन तथा अनुगमन समितिको बैठकमा मंगलबार कडा कानुन ल्याउन सहयोगको आग्रह समेत गरेका छन् । नियम उलंघन गर्नेकालागि जरिवाना रकम बढाउने र जेल हाल्ने व्यवस्था गर्नुपर्ने भन्दै सुरुमा १ हजार जरिवाना गर्ने र तिर्न सक्दिन भन्नेको रकम तीन पटकसम्म डबल गर्ने भन्दै जेल हाल्नुपर्ने समेतको कानून बनाउनु पर्ने उनको भनाई थियो । मन्त्री गौतमले सिन्डिकेट कायम गर्ने संस्थाहरुको दर्ता खारेज गर्नुपर्ने र जेल हाल्नुपर्ने धारणा राखे । त्यस्तै हाइवेको ५ सय मिटर वरपर रक्सी पसल राख्न नपाउने ब्यवस्था गर्ने र रक्सी राख्नेलाई कम्तीमा १ वर्ष जेल जाने व्यवस्था गर्नुपर्ने बताए । समितिको बैठकमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले चालकहरुको लापरवाहीका कारण पछिल्लो समयमा गाडी दुर्घटना बढिरहेको बताए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments