Hindi Films

अब एक दाना आलुबाट ४० दिन विजुली बल्ने !

Unknown | 08:11 | 0 comments

 Potato
एजेन्सी । संसारभर नै विजुलीको संकट भइरहेको समयमा शोधकर्ताहरुले बल्ब बाल्नका लागि बिद्युत ग्रिडको स्थानमा आलुको प्रयोग गर्न सकिनेबारेमा अनुसन्धान गरी नयाँ तथ्य पत्ता लगाएका छन् ।
उनीहरुले यो प्रविधि विश्वकै साना सहर र गाउँहरुलाई उज्यालो बनाउनका लागि प्रभावकारी हुने दावी गरेका छन् । बीबीसीका अनुसार इजरायलको जेरुसेलमको हिब्रु विश्वविद्यालयका राबिनोविचको दावी छ कि एउटा आलुले ४० दिनसम्म एलइडी बल्ब बाल्न सक्छ ।
उनले यो कुनै नयाँ सिद्धान्त नभएको र हाईस्कुलको किताबमा नै यसबारे पढेको र व्याट्री यसमा कम लाग्ने जनाएका छन् । यसका लागि २ वटा धातु आवश्यक पर्छ । पहिलो एनोड अर्थात नेगेटिभ इलेक्ट्रोड र दोस्रो क्याथोड अर्थात पोजेटिभ इलेक्ट्रोड ।
आलुभित्र रहेको एसिड जिंक र तामाको साथमा रासायनिक क्रिया गर्छ र जब इलेक्ट्रोड एक पदार्थबाट दोस्रो पदार्थतिर जान्छ त्यहा उर्जा पैदा हुन्छ ।
यसको खोज सन् १७८० मा लुईगी गेल्वनीले गरेका थिए, जब उनले मांशपेशीमा झड्का पैदा गर्नका लागि दुई धातुलाई बाँधेर प्रयोग गरेका थिए ।
एक सय करोड भन्दा धेरै मानिसहरुले घरमा बिजुली बाल्न सक्दैनन् र उनीहरुले आलुबाट बिजुली बाल्न सक्छन् । जो अहिले अध्यारोमा बस्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले जैविक पदार्थबाट बिजुली उत्पादनका लागि त्यसको बचत आवश्यक छ । पहिलो आवश्यकता यो हो कि के खानका लागि पर्याप्त आलु छ ? तर यसरी बनाइएको आलुव्याट्री भने चार्ज गर्न समेत मिल्छ ।

Category:

0 comments