Hindi Films

जाडोमा ट्याटु देखाउँदा प्रियंकाको यस्तो पहिरन (फोटो फिचरसहित)

Unknown | 15:08 | 0 comments

स्टेजमा कमेडी पस्कदै गरेका कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला नायिका प्रियंका कार्कीको चलचित्र नचल्ने भन्दै थिए । प्रियंका ‘नायिका होइन हट हो हट’ भन्दै थिए, दुई कलाकार । यता, कार्यक्रम सुरु भएको केही समयपछि पुगेकी नायिका कार्कीको पहिरन पनि दीपक र दीपाले भने जस्तै थियो । लामो वन पिस पहिरनले प्रियंकाको पुरै जिउ छोप्न सकेको थिएन । माथिल्लो भाग केही बढी नै खुलेको पहिरनमा पुगेकी प्रियंकालाई जाडो महुशश त भएकै थियो ।
जाडो महिनामा आयोजना हुने अवार्ड कार्यक्रमले पनि नायिकाहरुलाई अप्ठ्यारो परेको छ । बाक्लो कपडा लगाउँ मिडियाको क्यामेरामा सामान्य फोटो आउँने, पातलो कपडा लगाउँ, जाडोले सताएरै हैरान । प्रियंका जाडो भएकै कारणले होला आफूले अभिनय गरेका चलचित्र र चलचित्रकर्मीले अवार्ड पाउँदा कहिले कराउथिन् त कहिले थपडी ज्यादा नै बजाउँथिन् । अर्कोतिर, प्रियंकालाई आफ्नो ढाडमा खोपेको ट्याटु देखाउने मोह पनि जागेको हुनसक्छ । यसैले उनी मंसिरमा काठमाण्डौमा बढेको चिसोलाई चुनौती दिदै खुलेको पहिरन लगाएर पुगेकी थिइन् । वुधबार सम्पन्न ‘डीसिने अवार्ड’मा यस्तो दृश्य देखिएको हो ।

Category:

0 comments