Hindi Films

ओलीले हेलिकोप्टरमा भुसाल र बिष्टलाई लिफ्ट दिएनन्

Unknown | 14:15 | 0 comments

 
KP-oli,-ghanashyam-and-gokarna-bista
कपिल ज्ञवाली
१८ मंसिर, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपमहासचिव र सचिवलाई हेलिकोप्टरमा लिफ्ट दिन अस्वीकार गरेका छन् ।
ओली चढेको हेलिकोप्टरमा लिफ्ट नपाउने माधवकुमार नेपाल पक्षबाट उपमहासचिव जितेका घनश्याम भुसाल र सचिव गोकर्ण विष्ट हुन् ।
पार्टीको मुखपत्र नवयुग मासिकको रजत महोत्सव बुटवलमा राखिएको थियो । एमाले प्रचार बिभागको आयोजनामा भएको कार्यक्रममा ओलीसँगै रुपन्देहीकै भुसालसँगै सचिव विष्ट पनि जाने कार्यक्रम थियो ।
ओली बुधबार २ बजे काठमाडौंबाट बुटवल जान एयर डाइनेष्टिक हेलिकोप्टरमा चढे । अध्यक्षलाई कुरेर बसेका भुसाल र सचिब बिष्टलाई ओलीले ‘कमरेड यहाँ ठाउँ छैन, अटिदैन’ भन्दै सँगै लैजान अस्वीकार गरे ।
सुरुमा प्लेनमा सँगै जाउँला भनेका अध्यक्षले आफू चढेको हेलिकोप्टरमा अटाइदैन भनेपछि दुबै नेता विमानस्थलबाट घर फर्किएका छन् ।
गृहजिल्लामा भएको कार्यक्रममा भुसाल नै अनुपस्थित भएपछि कार्यकर्ताले जिज्ञासा पनि राखेका थिए । एक नेताले बताए अनुसार प्लेन नचलेको कारण नआएको भन्दै थामथुप पारिएको थियो ।
कार्यक्रममा ओलीसँगै उनी पक्षका उपमहासचिव बिष्णु पौडेल, प्रदीप ज्ञवाली, नेत्र पन्थी, छबिलाल बिश्वकर्मा लगायतका नेताहरु भने उपस्थित भएका थिए ।

Category:

0 comments