Hindi Films

सलमानले मागे कट्रिनासँग माफी

Unknown | 04:48 | 0 comments

कट्रिना कैफलाई कट्रिना कपुर भनेको विषयमा सलमान खानले नायिका कैफसँग माफी मागेका छन। ‘मिड डे' पत्रिकामा छापिएको समाचार अनुसार सलमान कट्रिनाको घरमै पुगेर बहिनीको बिहेमा आफु उत्साहित भएको कारण ख्यालै नगरी त्यसो भनेको पनि बताए। खानले बहिनी अर्पिताको बिहेमा आएकी आफ्नी पूर्व प्रेमिका कैफलाई ‘मैले त तिमीलाई खान बन्न मौका दिएको थिएँ तर तिमीले कपुर रोज्यौ‘ भनेका थिए। सलमानले माफी मागेपछि कट्रिनाले आफ्नो मनमा खानप्रति कुनै दुखेसो नरहेको बताएकी छन।

Category:

0 comments