Hindi Films

यस्ता साथीबाट सँधै बच्नुहोस् (विस्तारमा)

Unknown | 04:13 | 0 comments

साथी जीवनमा निक्कै आवश्यक हुन्छ । मानिसहरुले जीवनमा अनेक खाले साथी भेट्छन् । तर आजीवन वा दीर्घकालीन सम्बन्ध राख्न सक्ने साथी भेट्टाउन भने कठिन पर्छ । तर साथी चयन गर्दा सँधै ख्याल गर्नु पर्छ अन्यथा साथीकै कारण जीवनमा निराशा र डिप्रेसनको समेत शिकार हुन सक्ने खतरा हुन्छ । यहाँ त्यस्ता साथीबारे चर्चा गरिएको छ जसबाट बँच्नु नै बुद्धीमानी हुन्छ । फ्रेनिमीज अर्थात साथी दुश्मन जीवनमा जुन साथीले तपाइँलाई हानी गर्ने ब्यक्ति ठहरिन्छ त्यस्ता ब्यक्तिलाई फ्रेनिमिज अर्थात फ्रेण्ड र एनमी अर्को शब्दमा साथी तर दुश्मन भनिन्छ । जीवनमा ५० प्रतिशत मानिस यस्ता हुन्छन् जसले तपाइँसँग राम्रो सम्बन्ध हुँदा हुँदैपनि तपाइँलाई घृणा गर्छन् । जीवमा साथी दुश्मन नहुने ब्यक्ति विरलै हुन्छन् । हालै गरिएको एक अध्यनले फ्रेनिमीज अर्थात साथी दुश्मन हमीले घृणा गर्ने शत्रु भन्दा पनि घातक हुन्छन् । यस्ता ब्यक्ति तपाइँको जीवन र स्वास्थ्यका लागि घातक हुने विज्ञहरु बताउँछन् । छुट्ट्याउनै मुश्किल अहिले जीवन सूचना प्रविधीले यस्तो भैसक्यो कि कुन ब्यक्ति आफ्नो मान्छे हो र कुन दुश्मन छुट्टाउन कठिन छ । पछिल्लो समयमा सामाजिक सञ्जालको विकाशले साथीहरु समूहकोरुपमा विकाश भैरहेका छन् । यस्तो समूहमा तपाइँले कुन साथी हो र कुन साथी दुश्मन छुट्टाउन मुस्किल छ । कतिपय साथीहरु तपाइँको निक्कै नजिक भएपनि भित्र भित्रै तपाइँको सफलताबाट जलिरहेका हुन्छन् भने प्रतिस्पर्धीकोरुपमा दुश्मनको ब्यवहार गर्छन् । तनावको कारक साथी दुश्मनले जीवनमा तनाव पैदा गरिदिन्छन् । भित्र भित्रै सहयोगी हुने जस्तो देखिएपनि यिनीहरुले तपाइँको असफलता चाहिरहेका हुन्छन् । उनीहरुले सहयोग गरिरहेको जस्तो देखिन्छ तर नतिजा तपाइँको पक्षमा आउँदैन अनि तनाव दिन्छ । यस्ता ब्यक्तिले तपाइँलाई देखिने गरी घात गर्दैनन् तर भित्र भित्रै घात मात्र गर्न खोजिरहेका हुन्छन् । अझ यस्तो कुरा तपाइँले चाल पाउनु भो भने यस्तो मान्छेलाई विश्वास किन गरे भनेर तपाइँको चित्त दुख्ने मात्र होइन जीवनप्रति नै निराशा आउन सक्छ । झुटो बफादारी खासगरी हामी साथी दुश्मनसँग धेरै सँग नै धेरै समय विताउँछौं । किन भने उनीहरु हामीप्रति बफादार देखिन्छन् । यद्यपी भित्र भित्रै उनीहरुको बफादारी झुटो हुन्छ । कसरी चिन्ने शत्रु चिन्न सजिलो हुन्छ किन भने उसले सोझै आक्रमण गर्छ । तर साथी दुश्मन चिन्न निक्कै कठिन हुन्छ किन भने यस्ता ब्यक्तिले सोझै आक्रमण गर्दैनन् । यस्ता ब्यक्तिको ब्यवहार बुझ्न उनीहरुको सुक्ष्म अध्यन गर्नु जरुरी हुन्छ । उनीहरुका गतिविधीले आफूलाई परेका असरबारे गहिरो अध्यन गरेर मात्र यस्ता साथी दुश्मन चिन्न सकिन्छ । source:nepaliheadlines

Category:

0 comments