Hindi Films

प्रचण्डले भने–राजाझैँ आदेश दिने केपी ओली को हुन् ?

Unknown | 02:32 | 0 comments

२०७१ पौष ६ आईतवार

 
 
काठमाडौं  : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण दलहरुबीचको सहमति भाँडिएको आरोप लगाएका छन् । 
 
आइतबार दिउँसो संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग १९ दलीय मोर्चाको अन्तरक्रियापछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बन्दै गरेको सहमतिको वातावरण एमाले अध्यक्ष ओलीका कारण भाँडिएको बताएका हुन् । 
 
‘शनिबार बसेको शीर्ष नेताको बैठकमा सहमति बन्ने विश्वासमा थियौं । हाम्रो सोचविपरित ओलीजीले पहिचानको कुरा गर्न पाइँदैन भन्नुभयो’, अध्यक्ष प्रचण्डले भने, ‘संविधान बनाउने भए यस्ता कुरा गर्न मिल्दैनथ्यो । ओलीजीकै कारण सहमतिको वातावरण भाँडियो ।’
 
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध कडारुपमा प्रस्तुत भएका अध्यक्ष प्रचण्डले सोमबार बस्ने १९ दलीय मोर्चाको बैठकबाट आन्दोलन जाने नजाने कुराको टुंगो गर्ने बताए । 
 
‘हामी संविधान निर्माणप्रक्रियाबाट भागेर कही जाँदैनौ । राजा महाराजा जसरी प्रस्तुत भई उल्याउने बिल्याउने तरिकाले निर्देशन दिँदै ओलीजीको तरिका ठीक भएन’, अध्यक्ष प्रचण्डले भने, ‘ ओली नै देशको ठेकेदार जस्तो यो तरिका ठीक भएन । वार्ता बन्द भन्दै हामी हिँडेका होइनौँ, वार्तारत शक्ति दृढ हुनुपर्यो तर कसैले कसैलाई हेपेर अघि बढ्न खोजे हामी त्यसको प्रतिकार गर्छौं ।’
 
सत्तारुढ दल पेलेर अघि बढ्न खोजेको भन्दै प्रचण्ड नेतृत्वको १९ दलीय मोर्चाले आइतबारै सभामुख सुवास नेम्वाङलाई भेटेर आफ्ना गुनासो राखेको छ । सभामुखसँगको अन्तरक्रियपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले सहमति नभए संविधान नआउने बताए । 
 
‘सभामुख पनि सहमतिबाटै संविधान ल्याउने पक्षमा हुनुहुन्छ । कार्यतालिका संशोधन गरेरै भएपनि माघ ८ मै संविधान ल्याउने धारणा उहाँको पनि छ’, अध्यक्ष प्रचण्डले भने, ‘संविधानका लागि सहमति नै उत्तम उपाय हो । बहुमतीय कुरा व्यवस्थापिकामा मात्र हुन्छ । संविधान सभा भनेको जनादेशलाई सम्मान गर्ने ठाउँ हो, आन्दोलनको म्यान्डेट संस्थान गर्ने ठाउँ हो । यहाँ कसैले कसैलाई पेल्ने होइन ।’
 
प्रधानमन्त्री कोइरालाको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै प्रचण्डले प्रमको बोली एउटा र गराई अर्को भएको टिप्पणी गरे । ‘प्रधानमन्त्री पनि बुझेर बोल्नुहुन्छ कि नबुझी । बोली एउटा छ, गराई अर्को र  रिजल्ट फेरि अर्कै आउँछ’, प्रचण्डले भने, ‘माघ ८ मा संविधान ल्याउने हो भने प्रमले हस्तक्षेपकारी भूमिका खेली कार्यान्वयनमा उत्रेर सहमतिको वातावरण बनाउनुपर्यो ।’
 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments