कांग्रेस-एमाले सहमतिमा नआए आन्दोलन
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, पुस ४ - एमाओवादी नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले सत्तारुढ कांग्रेस-एमाले संविधान निर्माणका लागि लचक भएर नआए आन्दोलनमा जाने चेतावनी दिएको छ । मोर्चाले विवादित विषयमा आफ्नो 'बटम लाईन' तय गरेर कांग्रेस-एमालेसँग स्पष्ट कुरा गर्ने जनाएको छ ।
'माघ-८ मा संविधान जारी गर्ने हो भने सबै दल स्पष्ट भएर आउनु पर्यो,' शुक्रबार बसेकाे मोर्चाको बैठकपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले भने-'कांग्रेस-एमालेले लिङगरिङ गरेको आशंका छ । सम्झौतामा आउने हो भने स्पष्ट कुरा हुनुपर्यो ।'
उनले मोर्चामा आवद्ध दलहरु सहमतिका लागि आफ्नो बटम लाइन तय गर्न छलफलमा जुटेको बताए । 'आज ७ दल बसेका थियौं, भोलि २० दल अर्को दिन २२ दलको बैठक बस्दैछौं,' उनले ईकान्तिपुरसँग भने । उनले सहमतिमा संविधान बन्नुपर्ने मोर्चाको अडान यथावत रहेको भन्दै कांग्रेस-एमाले सहमतिमा आउन नचाहे आन्दोलनको विकल्प नभएको बताए ।
मोर्चाले अन्तरिम संविधानले स्विकार गरेको संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टीमा मात्रै सहमति हुननसक्ने जनाएको छ । सदभावना नेता लक्ष्मणलाल कर्णले राज्य पुर्नंरचना गर्दा विगतमा भएको सहमति र अन्तरिम संविधानको धारा १३८ को १ -क)मा व्यवस्था भए बमोजिम हुनुपर्ने साथै न्याय प्रणालीमा संवैधानिक अदालतको पक्षमा मोर्चा रहेको बताए । अन्तरिम संविधानभन्दा पनि पछि फर्किने गरी कांग्रेस-एमाले आए आन्दोलनको तयारीमा लाग्ने उनले मोर्चाको निष्कर्ष सुनाए ।
बैठकमा एमाओवादी, ५ वटा मधेसी दल र संघीय समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category:
0 comments