सुरक्षित तथा जोखिमपूर्ण गर्भावस्था ,जानी राखौ !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
सुरक्षित तथा जोखिमपूर्ण गर्भावस्था ,जानी राखौ !
भनिन्छ, विवाहपछिका दिनमा मात्र महिलाले आफूलाई पहिलो पटक परिपक्क भएको अनुभव गर्छिन्। विवाहपछि मात्र महिलामा यौनसम्पर्क र गर्भधारणका लागि आत्मविश्वास बढ्छ। तर विवाहको लामो समयसम्म पनि बच्चा जन्मिन सकेन भने त्यो परिपक्कपन र आत्मविश्वास नै महिलाका लागि मानसिक बोझ बन्न पुगेका घटना बाहिर आउन थालेका छन्।
धेरैजसो अवस्थामा गर्भधारण महिलाको खुसीको क्षण बन्ने गरेको छ। तर कुनै कारण गर्भ रहन सकेन र रहेको गर्भ पनि खेर गयो भने उनीहरू सबैभन्दा टूलो मानसिक र शारीरिक रूपमा विक्षिप्त हुन पुग्छन् र उनीहरूको स्वास्थ्यसमेत जोखिममा पर्छ। आमा बन्ने रहर पूरा हुन नसक्नुलाई विवाहित महिलाले अभिशापका रूपमा समेत लिने गरेका छन्।
यस्तो पीडाबाट नेपालका धेरै महिला गुज्रिरहेको स्त्रीरोग विशेषज्ञ डा. सरस्वती उपाध्याय बताउँछिन्। केही यस्ता अवस्था छन् जसमा महिलाले विशेष ध्यान दिन सकेमा त्यस्तो पीडाबाट मुक्ति मिल्ने उनको भनाइ छ।
'विवाहपछि सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ', डा. उपाध्याय भन्छिन्,'त्यसैले विवाहित महिला र पुरुषले यसमा गम्भीर हुनुपर्छ।' हुन त हरेक गर्भावस्थामा कुनै न कुनै खालको खतरा हुन्छ। तर केही सामान्य जानकारी राखेमा गर्भधारण र गर्भावस्थामा आइपर्ने धेरै समस्या कम हुनेछ।
जोखिमपूर्ण गर्भावस्था
महिलाको शारीरिक संरचनाका कारण १८ वर्षभन्दा कम उमेर वा ३५/४० भन्दा बढी उमेरमा गर्भधारण गर्नु उपयुक्त नहुने चिकित्सक बताउँछन्। अघिल्लो गर्भावस्थामा समस्या देखिएको भए पछि पनि गर्भधारणमा समस्या आउन सक्छ।
त्यसैले आफू पूर्ण रूपमा स्वस्थ छु भन्ने यकिन भएपछि मात्र गर्भधारणका लागि तयार हुनुपर्छ। त्यसका लागि महिलाले आफ्नो पूर्ण स्वास्थ्यजाँच गर्न भुल्नु हुन्न। यसका लागि विशेषज्ञ चिकित्सक छनोट महत्त्वपूर्ण मानिन्छ।
पहिलो प्रसूति शल्यक्रिया (सिजरिन) गराएको हो भने त्यही प्रक्रियाबाट बच्चा निकल्दा चुनौतीपूर्ण हुन सक्छ। महिलाको तौल कम छ भने पनि समस्या निम्तिन सक्छ। चिकित्सकका अनुसार उच्च रक्तचापको समस्या भोगिरहेका महिलाले गर्भधारण गर्नु राम्रो मानिँदैन।
चिकित्सकका अनुसार उच्च रक्तचापको समस्या भोगिरहेका महिलाले गर्भधारण गर्नु राम्रो मानिँदैन। गर्भमा एकभन्दा बढी शिशु भएमा पनि समस्या निम्तिन सक्छ। गर्भमा शिशुको अवस्था सही नभएमा आमामा समस्या देखा पर्न सक्छ। शरीरमा रगत कम भएमा त्यसको असर गर्भमा पर्न जान्छ।
गर्भमा एकभन्दा बढी शिशु भएमा पनि समस्या निम्तिन सक्छ। गर्भमा शिशुको अवस्था सही नभएमा आमामा समस्या देखा पर्न सक्छ। शरीरमा रगत कम भएमा त्यसको असर गर्भमा पर्न जान्छ।
रक्तस्राव भएमा वा पछिल्लो सुत्केरी समयभन्दा अगाडि नै भएको भएमा गर्भावस्था जोखिमपूर्ण मानिन्छ। गर्भावस्थामा पाठेघरमा ट्युमर देखिएकामा त्यो सफल हुन सक्दैन। गर्भावस्थामा जन्डिस, मधुमेह, थाइराइडको समस्या भएको अवस्थामा पनि गर्भधारण जोखिमपूर्ण मानिन्छ।
गर्भावस्था र औषधि
गर्भावस्थामा खाने औषधिले पनि जोखिम निम्त्याउन सक्छ, त्यसैले औषधि खाने विषयमा सबैभन्दा बढी ध्यान दिनुपर्छ। तर यसमा धेरै गर्भवती महिलाले बेवास्ता गर्दा गर्भावस्था जोखिमपूर्ण हुने गर्छ। गर्भ भएको पहिलो तीन महिना चिकित्सक, स्वास्थ्यकर्मीले दिएको बाहेक अरू कुनै पनि औषधि खानुहुन्न।
केही समस्या देखियो भने आफूखुसी औषधि खाने चलन हाम्रो समाजमा छ। यस्तो समयमा सकेसम्म औषधि खानै नपर्ने अवस्था सिर्जना गर्नु राम्रो हुन्छ। गर्भावस्थामा कतिपय औषधि नखाई नहुने पनि हुन सक्छ, त्यस्तो बेला चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना कुनै पनि औषधि सेवन गर्नु हुँदैन।
तीन महिना भइसकेपछि हानिकारक नहुने औषधिमात्र सेवन गर्नुपर्छ। नियमित रूपमा स्वास्थ्य परीक्षण गराई राख्नुपर्छ। गर्भावस्थामा सकेसम्म सुरुदेखि अन्तिम समयसम्म पनि एउटै चिकित्सकको निगरानीमा बस्नुपर्छ। त्यसो भएमा यस्तो बेला आइपर्ने हरेक समस्या समाधानका लागि सहज हुनेछ।
स्रोत:अन्न पूर्ण पोस्ट
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: health
0 comments