Hindi Films

सम्बन्ध विच्छेद भएको छैनः दिपक राज गिरी

Unknown | 12:24 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं । अघिल्लो विहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि ब्यङ्ग गरिएको कारण देखाउँदै तितो सत्यको प्रसारण रोकिएपछि नेपाली टेलिभिजनसँग आक्रोशित बनेका कलाकार दिपकराज गिरीले नेपाल टिभीसँग आफ्नो सम्बन्ध नटुटेको बताएका छन् । deepak dipa उनले नेपाल टिभी र तितोसत्य बीच निक्कै घनिष्ठ सम्बन्ध रहेको र त्यो अटल रहेको बताउँदै आफूसँग नेपाल टिभीसँग सम्बन्ध विग्रिएको भनेर मिडियामा आएका कुरा गलत भएको दावी समेत गरेका छन् । उनले फेसबुकमा लेखेका छन्ः 'तीतो सत्य र नेपाल टिभि बिचमा जुन आत्मिए सम्बन्ध थियो त्यो अटल छ, जुन सेन्सरको बिषय हो त्यो एकै परिवार बिचमा हुने साना असहमतिको रूपमा मात्र लिएको छु। अत: सेन्सर प्रकरण सँग जोडेर त्यस सँग सम्बन्धित नेटिभि, कर्मचारी र तीतो सत्य बारेमा आज प्रकाशित पछिल्लो समाचारहरू अफवाह मात्र हुन् '
दिपकले भोलि विहीबार तितोसत्य प्रसारण हुने र यो कार्यक्रम हेर्न समेत आग्रह गरेका छन् । यस अघ दिपकले नेपाल टिभीका कर्मचारीले मोदीको चाकडी गरेको टिप्पणी गर्दै फेसबुक स्ट्याटस लेखेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments