Hindi Films

स्कुलमै भूत आएको भन्दै बालबालिका बेहोस…

Unknown | 12:14 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । भारतको उत्तर प्रदेशमा एक अनौठो घटना सार्वजनिक भएको छ जहाँ केही बच्चाहरु रुख देखेर लगातार बेहोस भएका छन् । उक्त स्थानमा कुनै प्रेतात्मा अर्थात भूतले उनीहरुलाई धकेलेर लडाइदिन्छ । उक्त घटनाबारे प्रशासनले छानविन गरिरहेपनि डाक्टरहरुले उक्त कुरालाई अस्वीकार गरेका छन् । तर, अभिभावकहरुले बच्चाहरुलाई स्कुल पठाउन बन्द गरेका छन् । उत्तर प्रदेशको गजनी गाउँको एक विद्यालयमा करिब १ दर्जन बच्चाहरु बेहोस भएर गम्भीर अवस्थामा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त स्थानमा देखिएको उक्त रुखबारे वैज्ञानिक आधारक केही नभएपनि घटनाका सम्बन्धमा स्कुलका प्रधानाध्यापक, गाउँका प्रधान र पीडित बच्चाहरुले उक्त नीमको रुखमा कुनै प्रेतात्मा रहेको र त्यसलै धक्का दिएर बेहोस बनाउने गरेको दावी गरेका छन् । डाक्टरहरुले भने बच्चाहरुमा मानसिक असर परेका कारण यस्तो भएको बताएका छन् । स्कुलको अगाडि दुई वटा धेरै अघिका रुखहरु रहेको र त्यसका बारेमा कसैले अज्ञात कुराहरु सुनाएकोले त्यसको असर परेको डाक्टरहरुको दावी छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments