Hindi Films

'लोग्ने हैन, म जीवनसाथी खोज्दै छु' : रेखा थापा

Unknown | 14:15 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, पुस १४ भर्खर १६मा टेक्दै थिइन् उनी, राजेश हमालसँग ‘हिरो’मा खेलिन्। हिरोइन हुन आएकी रेखा थापालाई गौरी मल्लले त्यसैबेला भनेकी थिइन् ‘शरीर नै बनिसक्या छैन, के को हिरोइन बन्न आकी?’ हिरो मा ‘हिरो’ (राजेश हमाल)को आमा बनेकी गौरी मल्ल आज सिनेमा क्षेत्रमा कमै देखिन्छन्, तर, रेखा जताततै कोरिइरहेकी छिन्। हिरो फिल्मको ‘तिम्रो मन त चक्कु छुरी....’ भन्ने गीतमा राजेशसँग नाचेकी उनी, त्यही बेला हिट भइन्। त्यो ‘हिरो’को हिरोइन् भएर त्यो बेला फिल्म क्षेत्रमा जसरी चम्किइन्, अहिले उनी आफैले बनाएको ‘हिम्मतवाली’सम्म आइपुग्दा त्यो चमक अझैं दमदार भएको छ। किशोरी जीवन कस्तो हुन्छ? उनले भोग्नै पाइनन्। फिल्ममा उनले जीवन खोज्दै थिइन्। पछिल्लो १५ वर्षमा उनले जीवन धेरै भोगेकी छिन्, जीवनले उनलाई धेरै सिकाएको छ। चावहिल मित्रपार्कस्थित उनी बस्ने अपार्टमेन्टको कम्पाउण्डमा सेतोपाटीको टिम उनीसँग गफिँदै थियो। बिहान साढे १० बजे अपार्टमेन्टमा पुग्दा उनी केहीबेरपछि ओर्लिन्। ‘ला, मैले त मुखै धोएको छैन त!, एकछिन है म मुख धोएर आउँछु’, आँखा मिच्दै परबाट उनले नमस्कार गर्दै थिइन्। 'भुकम्पको डरले रातभरि सुत्नै पाइनँ।' पुस ३ गतेको राति काठमाडौंमा पनि भुकम्पको धक्का लागेको थियो। भोलिपल्ट बिहान हामी त्यहाँ पुगेका थियौँ। उनी पनि त्यसैको त्रासमा रातभरि निदाइनछिन्। भन्दै थिइन्, ‘म त भागेर ढोकासम्म आइसकेको थिएँ, रातभरि निद्रै लागेन।’ कुरा सुरू भयो। उनी घरि विगतमा पुगिन्, घरि वर्तमानमा आइन्। मुख धुने सुर्ता क्षणमै ओझेल परिसकेको थियो। २०४० सालमा मोरङको थापा खानदानमा जन्मिएकी उनी, सानैदेखि ‘हिम्मतवाली’ नै हुन्। थापा, ‘काजी’ खानदानको रगत उनमा सानैदेखि तातो थियो। करिब तीन घण्टासम्म गफिने क्रममा उनले पटक पटक आफूलाई काजीको छोरी भनेकी थिइन्। कक्षा ७ मा पढ्दा नै उनले मार्सल आर्ट सिक्थिन्, केटाहरुसँग ‘टक्कर’ गर्थिन्। केटाहरुसँगै फूटबल खेल्थिन्। एकदिन एउटा केटाले उनलाई ‘प्रपोज’ हान्यो। जवाफमा उनले ‘मुक्का’ हानिन्। ‘मार्सल आर्ट सिकेकी केटीलाई प्रपोज गर्ने?’ रेखालाई लाग्थ्यो ‘मन परे त म आफै भन्न सकिहाल्छु नि केटाले किन प्रपोज गर्नुपर्छ?’ पहिलोपटक उनले सिकेको मार्सल आर्ट त्यही प्रयोग भयो। उनी केटाहरुसँग कहिल्यै डराइनन्। दाइहरुसँग खेल्थिन्। कसैले हेप्न सक्दैनथे। त्यसमा पनि घरकी कान्छी छोरी, सबकी प्यारी, कसले के भन्ने? उनलाई लाज, धक, डर केही लाग्दैनथ्यो। दाइहरू सुर्याउँथे, उनी गाउँका चिल्ला सुरिला सुपारीका रुख फटाफट चढ्थिन्।'कस्को बहिनी सुपारीको रुखमा चढ्नसक्छ?' दाइहरु बाजी लगाउँथे। ‘केटा हुँ कि केटी त्यो केहि मतलव थिएन्, अरुले जे गर्छ त्यो म पनि गर्नसक्छु भन्ने थियो’, मार्सल आर्टबाट कुनै ‘ग्रेड’ नलिए पनि जीवनमा हिम्मत उनले त्यही मार्सल आर्टबाट पाइन्। उनलाई छोरी भएको अनुभव एकैपटक मात्रै भयो, ‘महिनावारी’ हुँदा। ‘त्यो भन्दा अघि त म पनि आफूलाई केटाजस्तै ठान्थेँ त्यसपछि अलिअलि लजाउने भएँ, कस्तो कस्तो भयो, 'मिन्स्ट्रुएसन' ‍भएपछि’ पहिलो पटक 'मिन्स्ट्रुएसन' अनुभव सुनाउँदा उनी रोमाञ्चित पनि देखिइन् ‘आमा, दिदीहरूले सम्झाएको थाहा थियो, मलाई पनि अलअलि लाज लाग्न थालेको थियो।’ मिस कोशी हुने बेलामा उनी कक्षा नौमा पढ्थिन्। त्यसमा भाग लिनका लागि एसएलसी दिएको हुनुपथ्र्यो। उनी त्यसमा भाग लिन गइन्, जर्वजस्ती गरिन्। ‘म किन गर्न नसक्ने? क्षमता छ भने पढाईले मात्रै रोक्छ र?’ रेखालाई लाग्यो, ‘म भाग लिनसक्छु, सक्छु भनेपछि सक्छु।’ आयोजक बाध्य भए, त्यसमा उनले कुनै टाइटल त जितिनन्, तर, अरुले उनलाई देख्ने राम्रो मञ्च भयो त्यो। एसएलसीपछि काठमाडौं आइन्। मिस नेपाल प्रतियोगितामा भाग लिन। त्यहाँ पनि टाइटल त जितिनन् तर, त्यहाँ ‘जज’ भएर आएका नाम चलेका कलाकारहरुले उनलाई चिने। उनको फोटो कान्तिपुरमा पनि छापिसकेको थियो। ‘हिरो’ बन्ने बेलामा कान्तिपुरमा छापिएको त्यही फोटो हेरेर नरेश पौडेलले भनेछन्, ‘यो केटीलाई जहाँबाट भएपनि खोजेर ल्याओ।’ पौडेल ‘हिरो’का निर्देशक अनि निर्माता पनि हुन्। रेखा खोजिइन्, भेटिइन् पनि। ‘हिरो’मा राजेश हमालसँगै हिरोइन भइन्। सबले उनको प्रशंसा गरे। ‘सबले राम्रो भने, अब तिमी हिट हुन्छ्यौ भने मन कस्तो फुरुङ्ग भो, अब हिरोइन् भइन्छ भनेर ढुक्क भो।’ हिरोपछि पनि फिल्महरू धमाधम बन्न थाले। तर, फेरि रेखा ‘खोजिइनन्।’ उनलाई चस्को पर्‍यो, ‘सबैले राम्रो भन्थे त फेरि एउटा पनि फिल्म दिँदैनन्, किन होला? राम्री भएर पो हो कि? राम्रो खेलेर पो हो कि?’ एक वर्षसम्म उनले कुनै फिल्म पाइनन्। उनलाई सानैदेखि लाग्थ्यो नेपालकै स्टार हुन्छु 'अहिलेको रेखा त मैले त्यो बेलै देखेको थिएँ, तर हिरोपछि फिल्म पाइनँ, अनि मेरो आत्मविश्वास डगमगायो। उनका धेरैजसो साथीहरु लन्डनमा थिए। उनले लन्डन जाने पनि तयारी गरिन्। 'जीवनमा मेरो सधैँ ब्याकअप प्लान हुन्छ, लण्डन जाने त्यस्तै ब्याकअप प्लान थियो' उनले सुनाइन्। 'स्टार बन्ने केटी विदेश जाने?' मन धेरै उद्धेलित भयो। त्यो बेला उनी खुब रोइन्। जीवनमा रुनुको अनुभव उनले पहिलोपटक गर्दै थिइन्। बाथरुममा पसेर धेरैबेर रुन्थिन् उनी। ‘म आँशु कसैलाई देखाउँदिन’ जीवनमा दुईतीन पल्ट मात्रै रोएको अनुभव संगालेकी रेखा भन्छिन् ‘आँशु अरुलाई देखाउनका लागि होइन।’ त्यो आँशुले उनको अफ्ठ्यारो बगायो। फिल्मी करियरको नयाँ ढोका खुल्यो। ढोका खोलिदिए अशोक शर्माले। ‘एक दिन बाथरुममा बसेर रुँदै थिएँ, टेलिफोन बज्यो, गएर उठाएँ अशोक शर्माले भन्दै हुनुहुन्थ्यो, फिल्म खेल्ने हैन त? ल तुरन्त भेट्नुस्।’ अशोक शर्मासँग भेटेर उनले फिल्ममा सम्झौता गरिन्। उनी विपना थापाको ‘मितिनी’ भइन्। ‘मितिनी’ फिल्म पछि उनी खाली बस्नु परेन। रुनुसँग एउटा राम्रो अनुभव सधै गाँसिन्छ, रेखाको जीवनमा। ‘जब म रोइरहेको हुन्छ, अनि मेरा लागि कुनै न कुनै राम्रो बाटो खुलिरहेको हुन्छ’ आँशुसँगको मिठो अनभूति यसरी सुनाउँछिन् रेखा। त्यसपछि उनले कहिल्यै रुन परेन। यति धेरै फिल्म पाइन् कि उनलाई सुटिङ नै भ्याउन धौ धौ हुन थाल्यो। 'मैले कतिपटक त रातभरि नसुतेरै सुटिङ गरेकी छु', थकान भन्ने रेखालाई जीवनमा कहिल्यै महसुस भएन रे 'म बाल्यकालदेखि आजसम्म काम गरेर थाकेको छैन।' घरकी कान्छी हुन् उनी। दुई दिदी अनि दुई दाजुको एक्ली बहिनी। सबकी प्यारी थिइन् रेखा। अझ त्यसमा पनि बुवाको त झन् सबैभन्दा प्यारी। बुवाले रेखालाई कहिल्यै छोरी भनेन्, सधै छोरा भने। उनले पनि बुवा भनिनन्। बुवालाई साथी भन्थिन्, र सम्बोधन हुन्थ्यो ‘तँ’। ‘बुवालाई पनि तँ?’ ‘हो, प्रेम त्यसैमा थियो, बाबु छोरीको।’ रेखालाई अझै सम्झना छ, १६ वर्षको उमेरमा ‘हिरो’को ‘हिरोइन’ हुन जाने बेलामा बुवाले उनलाई नुहाइदिएका थिए। आफै लुगा लगाइदिएका थिए, अनि आफै कपाल कोरेर पठाएका थिए। त्यसपछि उनी फिल्ममा जम्दै थिइन्। दोस्रो पटक उनी त्यही बेला रोइन्, जब फिल्मको सुटिङकै बेला उनलाई बुवा सिरियस भएको खबर आयो। केही दिनअघि उनले बुवालाई फोनमै सम्झाएकी थिइन् केही चिन्ता नगर् भनेर। 'ह्या धेरै टेन्सन् नगर् न तँलाई केही हुन्न, नाटक गर्छ, भनेर बुवालाई त भन्दै थिएँ तर, मेरा आखाँबाट आशु बगिरहेको थियो। मलाई लागिसकेको थियो यसपालि केही गढबढ हुनेवाला छ भनेर। त्यसको केही दिनपछि उनी नारायणीको बगरमा सुटिङ गर्दै थिइन्। फेरि फोन आयो। उनले बुवासँग कुरा गरिन्। बुवाको स्वर बसिसकेको थियो। उनी हतारहतार एयरपोर्ट पुगिन्। रुँदै। सबले हेरिरहेका थिए, चल्तीको हिरोइन्, रुँदै जहाज चढ्दै थिइन्। घरमा पुगिन्, मान्छेको भीड थियो। केही युवा केटाकेटीको भीडले उनी घेरिइन्। आँशु झरिरहेको थियो। भीडबाट धेरैले सोधे ‘दिदी के फिल्मको सुटिङ छ?’ ‘यसैबेला लाग्यो कलाकारको जीवन कस्तो रैछ, म रोएको पनि सबले अभियन ठाने, बुवालाई जलाउन जाँदैछु, के को सुटिङ छ भन्दै मान्छे घेर्न आइपुग्छन्’ उनलाई लाग्यो, ‘कस्तो नाटकीय जीवन यो?’ रेखा आफूलाई कहिल्यै पनि छोरी ठानिनन्। दुईजना दाजुहरू जस्तै मान्थिन् आफूलाई। उनले पनि एकजना दाजुसँग बाबुको किरिया गरिन्, अर्का दाजु देश बाहिर थिए। पूरै १३ दिनसम्म उनले ‘कुना’ बसेर किरिया गरिन्। धेरै रोइन् पनि। यसपालि पनि उनले आफूलाई ‘छोरै’ सावित गरिन्। ‘त्यही १३ दिनमा नै मैले पूरै जीवन बुझेँ अनिमात्रै लाग्यो बल्ल मैले जिन्दगी चिनेँ।’ बुवाको किरिया बसेको त्यो १३ दिन उनको जीवन पढाउने पाठशाला नै बन्यो। ‘त्यो बेलासम्म त म आफूलाई बच्चा नै सम्झिन्थेँ’, बुवाको अन्त्यष्टीमा जाँदा पनि उनले भोक लाग्ला भनेर झोलामा चकलेट हालेकी थिइन्। ‘त्यस्तो बचपना थियो, त्यो १३ दिनमा म पूरै एक्लो भएँ अनि जीवन चिन्ने मौका मिल्यो।’ त्यो जीवन चिनाउने पाठमा छवि ओझा पनि जोडिएका छन्। बुवा बितेका बेला रेखाले छविलाई पनि भनेकी थिइन्। तर, जाँदा उनी एक्लै भइन्।त्यही बेला नै रेखाको मनमा चिसो पसिसकेको थियो। १३ दिने संस्कार सकियो। उनी फर्किइन्। जसरी रुँदै गएकी थिइन्, आँशु रोकिएन। उनी रुँदै घरभित्र छिरिन्। जीवन बुझाएको त्यो १३ दिने पाठशालाबाट फर्किदैँ थिइन्। बुवाको एउटा सर्ट लिएर। उनले बुवाको त्यो चिनो अहिले पनि दराजमा राखिरहेकी छिन्। त्यसैसँग साक्षात्कार गर्छिन्। सुरुवाती जीवन कहानीबाट गफिन सुरु गरेकी रेखा त्यहीँनेर अडिइन्। र, छविसँगको सम्बन्धलाई एउटा छोटो वाक्यमा रेखाले सुनाइन् ‘छवि मेरो जिन्दगीको पानामध्ये १०औं पृष्ठ हो, त्यो पृष्ठ मैले झिकेर फालिदिएँ।’ यत्तिमात्रै भनिन्, ‘जीवनको त्यो पाना पहिला नै मक्किइसकेको थियो, मिल्ने भए त त्यसलाई डढाइदिन्थेँ, त्यसैले त्यसको कुरै नगरौँ।’ छविसँगको दशवर्षे सहयात्रा, यही पृष्ठसँगै सकिएको छ, रेखाको जीवनमा। बिरामी बुवालाई अस्पतालमा भेट्दा रेखासँग दुईटा बाचा मागेका थिए। पहिलो बाचा 'तिमीले जीवनमा कहिल्यै रक्सी नखानु' रेखाले बुवाको हात समाएर बचन दिइन्, अहिलेसम्म खाएकी छैनन्। अर्को बाचा उनले भनिनन्, त्यो उनको नितान्त व्यक्तिगत जीवन सम्बन्धसँग जोडिएको थियो। हामीले सोध्न पनि चाहिनौँ। हामी सचेत थियौ रेखा आफ्नो जीवनको न्यारेटर आफै बनून्। उनले खोल्न नचाहेको कुरा हामीले खोतल्न चाहेनौँ। 'मर्ने बेलामा कुनै पनि मान्छे सत्य बोल्छ' उनले भनिन्। रेखाका लागि बुवाका ती दुई बचन जीवनभर यादगर रहनेछन्। जीवन हाँक्न साथ दिने जीवनका दुई सम्बन्ध टुटिसकेका थिए तर, पनि रेखाको जीवन रोकिएन। उनी जीवनदेखि कहिल्यै थाकिनन्। कहिल्यै रोकिइनन्। अब फेरि नयाँ जीवन रेखाहरू सुरुवात भएका छन्। हौसिँदै भन्छिन्, ‘३० वर्ष भएँ बल्ल पो मेरो जीवन सुरु भयो, जवानी सुरु भयो।' नेपाली सिनेमामा यति लामो समयसम्म कुनै पनि हिरोइन टिकेका छैनन्। तर, रेखा सदाबहार छिन्। रेखालाई लाग्छ, ‘एउटा एक्टर सधैं भर्सटाइल हुनुपर्छ’ अनि उनको अनुभव छ, ‘एउटै शैलीले फिल्म चल्दैन, आफू पनि चलिँदैन, बहुरुपमा आफूलाई ढाल्नसक्नुपर्छ।’ उनै रेखा हुन्, ‘रुन्चे’ हिरोइनको भूमिकाबाट सुरु भएर अहिले ‘दंवग’ स्टाइलको हिरो पनि भइरहेकी छिन्। उनको फिल्मी करियर ‘हिरो’ फिल्मको हिरोइनबाट सुरु भयो कतिपय फिल्ममा उनी अहिले आफै ‘हिरो’ छिन्। हाल सालै आएका फिल्म ‘हिम्मतवाली’, ‘काली’हरू त्यसैका रुप हुन्। त्यो बेला चलेकी ‘हिरोइन’ थिइन् निरुता सिंह। रेखाले चलचित्र ‘हिरो’मा डेब्यू गर्दा त्यसमा पनि निरुता थिइन्। त्यो बेला चलेका ‘निरुता’हरू आज कहाँ छन् पत्तो छैन तर, त्यही बेलादेखि अहिलेसम्म नेपाली सिनेमा आकाशमा चम्किेरहेकी एक तारा हुन्–रेखा थापा। अनि फिल्ममा टिक्नका लागि रेखाका टिप्स छन् ‘चरित्र, इमान्दारिता अनि मेहनत’ उनलाई लाग्छ ‘यी तीन कुराको कमी भएन भने फिल्ममा टिकिन्छ, सफल भइन्छ।’ उनी गर्वका साथ भन्छिन् ‘रेखालाई इमान्दार, चरित्रवान अनि मेहनती भनेर चिन्छन्, जो आफू पनि इमान्दार छन्।’ फिल्ममा जम्नका लागि उनले मेहनत पनि कम्ती गरिनन्। एकै दिन चार पाँचवटा फिल्मको सुटिङ पनि गर्नुपर्‍यो। धेरैले भन्थे, ‘कति हेर्नु? वर्षमै पाँच छ वटा फिल्म आउँछन् यसका?’ तर, रेखालाई लाग्थ्यो ‘रेखा थापा चारैतिर छाउनुपर्छ, दर्शकको मनमा बाह्रैमास रेखा थापा नै हुनुपर्छ।’ र त, आज पनि रेखा थापा, रेखा थापा नै भएकी छिन्। नेपाली सिनेमामा रेखाले ‘भर्सटाइल’ कलाकार धेरै देखेकी छैनन्। नयाँ पुस्तामा पनि उनले त्यत्ति सम्भावना देखेकी छैनन्। नम्रता श्रेष्ठ, ऋचा शर्मा, केकी अधिकारीलगायत केही नाम लिन्छिन्, तर, उनीहरू पनि टिकिरहलान् भन्ने आश छैन उनलाई। नयाँ पुस्ताका निर्देशकमा उनले निश्चल बस्नेत र सुर्दशन थापाको मात्रै नाम लिन सकिन्। रेखालाई क्लीक गर्दागर्दा फोटोपत्रकार प्रकाश लामाले सम्झाए, ‘निर्देशनमा त तपाईँ पनि नयाँ पुस्ता नै हो नि?’ अनि बल्ल उनले आफ्नो नाम लिइन्। ‘निश्चल राम्रो निर्देशक हो, तर ऊ पनि केही चेन्ज हुनुपर्छ’, निश्चललाई रेखाको सुझाव छ ‘नयाँको नाममा हामीले दर्शकलाई डकुमेन्ट्री देखाउने होइन।’ अहिले उनको आफ्नै ब्यानर पनि छ, रेखा फिल्मस् प्रालि। थुप्रै नयाँलाई उनले मौका पनि दिएकी छिन्, यही ब्यानरमा। र, आफूले पनि नयाँ रेखा कोर्दैछिन्, फिल्ममा निर्देशक भएर। ‘हिम्मतवाली’ उनले निर्देशन गरेको पहिलो फिल्म हो। रेखा फिल्मस्को ब्यानरमा १३ वटा फिल्म बनिसकेका छन्। अब उनले ‘रामप्यारी’ बनाउँदैछिन्, यो उनी निर्देशित दोस्रो सिनेमा हुनेछ। ‘रामप्यारी’ टेम्पो चलाउने महिला ड्राइभरको कथा हो, जसको भूमिकामा रेखा आफैँ देखिनेछिन्। धेरै उतारचढाव भोगिन् रेखाले जीवनमा। फिल्मी रेखाहरू सिमित हुन्थे, तर जीवनका रेखा असिमित भए। एउटा कुल्च्यो, अर्को कोरिन्छ। फिल्ममा भने शरीरले साथ दिएसम्म अनि उमेरले सुहाउँदासम्मै भूमिका दिने उनको योजना छ। फिल्मसँगै उनलाई राजनीति र समाजसेवाको पनि चासो बाँकी छ। ‘राजनीतिमा जान्छु तर, राजनीति गर्न पार्टी नै पहिला फिक्स गर्नु पर्दैन’ रेखाको योजना छ‘त्यसपछि समाजसेवा पनि सुरु हुन्छ, यो दुवै एकैसाथ गर्ने योजना छ।’ रेखा थापा फाउन्डेशनमार्फत् पनि उनी समाजसेवामा लागिसकेकी छिन्। उनले राउटे समुदायका पाँचजना बालबालिकालाई पढाइरहेकी छिन्। यसरी 'आमा' बनिन् रेखा थापा ‘तर, अब जहाँ जसलाई जे आवश्यकता छ त्यही सहयोग गर्ने हो’ यो बालबालिकालाई उठाएर ल्याएर पढाउँदाको अनुभवले रेखा भन्छिन् ‘यस्तो सहयोग गर्दा समाजले अनेकथरी कुरा काट्ने रहेछ।’ त्यसैले अब रेखा फाउण्डेशनको योजना छ, प्रत्येक स्कूलमा विद्यार्थीलाई छात्रबृत्ति दिने। त्यो पनि केही वर्षमै सुरु हुनेछ। ‘सहयोग, समाजसेवा भनेको राम्रै भावनाले गरिन्छ नि! तर, नि समाजको डर लाग्छ, अनेकन आरोप खेप्नसक्ने शक्ति मभित्र छैन।’ अब, फेरि उनलाई जीवनको अर्को रेखा कोर्न मन छ। रेखालाई रहर छ, फेरि सिँदूर भर्न। चुरा, पोते लगाउन। तीजमा ब्रत बस्न। तर, उनी चाहन्नन् उनको जीवनमा फेरि अर्को कुनै लोग्ने आओस्। ‘म अब लोग्ने हैन जीवन साथी खोजिरहेको छु लोग्ने र जीवनसाथीमा धेरै फरक छ।’ रेखाले भोगिसकेकी छिन् ‘हरेक लोग्ने, जीवन साथी हुनसक्दैन।’ कल्पना छ, रेखाको पनि लोग्ने होस् माया गर्ने तर, शर्त छ ‘मायाभन्दा धेरै सम्बन्धमा रेस्पेक्ट गरोस्।’ उनलाई पनि पूर्ण महिलाको जीवन भोग्ने रहर छ।‘हो, मलाई जीवनको अभाव छ, त्यसैले त म बिहे गर्न चाहन्छु।’ अबको दुई वर्षमा बिहे गर्ने चाहना छ। एकछिन खित्किएर रेखाले भनिन् ‘यो वर्ष त मेरो लगनै छैन रे, ज्योतिषले भनेको।’ source: setopati
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments