Hindi Films

लभको जात भात ,आँखा हुदैन भन्थे, यहा यस्तै भो,''तं धोकेवाज भन्दै दिनदहाडै राजधानीमा छुरी प्रहारद्वारा युवतीको मृत्यु''

Unknown | 22:15 | 0 comments

काठमाडौं, मंसिर २१–
राजधानीको मुटु सिंहदरवार नजिकै अनामनगरमा एक युवतीमाथी छुरी प्रहार भएको छ । शनिवार साथीको बिहेमा हिंडेकी २० वर्षिया युवती जनकपुर स्थायी घर भएकी ऋतु महाशेठलाई अज्ञात युवकद्वारा छुरा प्रहार भएको थियो । उनी राजधानीको कान्तिपुर कलेजमा अध्ययनरत छात्रा हुन् भने मैतीदेवीस्थित 'एफ एण्ड एफ' छात्राबासमा बस्दै आएकी थिईन् । उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेकी महाशेठको मृत्यु भएको हो । उनी साथीको विवाहमा जान एक अर्की साथीसंग निस्किएकी थिईन् । उनीसंगै हिडेकी साथीले डराउदै तं धोकेवाज भन्दा जथाभावी छुरी प्रहार गरेको वताएकी छिन् । उनका अनुसार दिनदहाडै छुरी प्रहार हुदा वरपरका कसैले पनि सहयोग नगरेको ,देखेर पनि नदेखेजस्तो गरेको वताउछिन् । देशको प्रशासनिक केन्द्रमा दिनदाहाडै महिलामाथि छुरी प्रहार हुँदा पनि प्रहरीले अपराधीलाई समात्न नसकेको भन्दै विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनले आज प्रदर्शन गरेका छन् । उनीहरुले हत्यारालाई कारबाहीको माग गर्दै अपरान्ह सिंहदरबार नजिकै मृतकको तस्वीर बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले हत्यारा नसमातिए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन् । प्रहरीले अहिलेसम्म अपराधीलाई समात्न सकेको छैन भने घटनाको प्रकृती हेर्दा कसैसंग प्रेम सम्बन्धकै कारण या 'युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेको झोंकमा छुरा हानेको हुनुपर्छ ।' भन्ने अनुमान गरिएको प्रहरीले जनाएको छ

Category:

0 comments