Hindi Films

म बेहोस भएर बाँचें, तर बिउँझिदा सबै मरिसकेका थिए।'

Unknown | 00:05 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ पौष ४ शुक्रबार
पेसावर : 'सानो कक्षादेखि सँगै पढ्ने साथीको मेरो काखमा मृत्यु हुँदाको क्षणलाई कसरी बिर्सूं। सम्झिँदा मुटु काम्छ', अमिर अमिन भन्छन्। प्रमाणपत्र तहको परीक्षा सकेपछि अमिर आफ्ना मिल्ने साथी आइमल खानसँग कौसीमा बसिरहेका बेला अचानक गोली हानाहान सुरु भएको थियो। दुवैजना भागेर प्रयोगशालामा पुगे, तर तालिवान आतंककारी एकएक कोठामा आई आक्रमण गरे। एक कुनामा लुकिरहेका आइमनको गोली लागेपछि मृत्यु भएपछि अमिर एकछिनका लागि बेहोस सरह भए र संयोगले आतंककारीले उनी मरेको ठाने। अमिर भन्छन्, 'हरर चलचित्रमा देख्ने गरेकोजस्तो राक्षस आई नरसंहार गरे। प्रयोगशालमा चार शिक्षक र ६ जना विद्यार्थी लुकेका थियौं। म बेहोस भएर बाँचें, तर बिउँझिदा सबै मरिसकेका थिए।' पेसावरस्थित विद्यालयमा भएको आक्रमणमा बाँच्न सफल भएका विद्यार्थीहरूले त्यहाँ भएको आक्रमणबारे सुनाउँदा आतंककारीहरू राक्षस भएका अनुभव हुन्छ। पेसावरस्थित सेनाद्वारा सञ्चालित विद्यालयमा आतंक मचाउने तालिवान कतिसम्म निर्दयी थिए भन्ने कुरा उनीहरूको कुराकानीबाट थाहा हुन्छ। पाकिस्तानी गुप्तचर एजेन्सीले फोन कल्स ट्यापिङ गरेका छन्, त्यसमा आतंककारीहरूले आफ्ना नेतासँग कुरा गरिरहेको सुनिन्छ। शिक्षक र बालबालिकामाथि अन्धाधुन्ध गोलाबारी गरेपछि अबुजार नाम गरेका एक आतंककारीले आफ्ना नेतालाई फोन गरेका थिए। फोनमा ती व्यक्तिले भनेका थिए, 'हामीले अडिटोरियमका सबै बालबालिकालाई मार्‍यौं। अब के गर्ने?' अर्कोतर्फ जवाफ आयो, 'सेना आउनेसम्म प्रतीक्षा गर्ने र उनीहरूको हत्या गरी आफैंलाई विस्फोट गराउने।' त्यस त्रासदीपूर्ण आक्रमणमा प्राध्यापक ताहिरा काजी भने अन्तिम समयसम्म निडर भएर लडिरहिन्। ताहिरालाई सुरुमा सेनाले विद्यालयबाट बाहिर निकालिसकेको थियो। भित्र विद्यार्थी रहेको भन्दै उनी फेरि विद्यालय छिरेकी थिइन्। यसक्रममा उनले कयौं बालबालिकालाई सुरक्षित रूपमा बाहिर त निकालिन्। उनले कयौं बालबालिकाको आमाबाबुलाई फोन गरेर बच्चाहरूलाई लिएर जान पनि बताउन भ्याइन् तर उनी आफू भने बच्न सकिनन्। तालिवानले उनलाई पक्राउ गर्‍यो र जीउँदै रसायनले जलाइदियो। विद्यालयको दृश्य हेर्दा बालबालिकाले भाग्न पूरै कोसिस गरेको देखिन्छ। फुटेका ज्यामिति बक्स, किताब र जुत्ताहरू रगतले लतपत देखिन्छ। तहरिक-ए-तालिवान पाकिस्तानले कक्षा ९ मा पढिरहेका सबै विद्यार्थीको हत्या गरे। त्यो दिन विद्यालयमा अनुपस्थित १५ वर्षीय दाउद इब्राहिम मात्र ९ कक्षाका जीवित विद्यार्थी हुन पुगे। सोमबार राति दाउद एक विवाह समारोहमा गएका थिए। उनी अबेर मात्रै फर्किएका थिए। बिहान घडी बिग्रेर अलार्म नबजेपछि उनी विद्यालय जान पाएनन्। त्यसै कारणले उनी बाँच्न सफल भए। उनी अहिले आफ्ना सहपाठीहरूको शव हेरेर शोकाकूल छन्। तालिवानको यस त्रासदीपूर्ण आक्रमणले पाकिस्तान पूरै शोकमा डुबेको छ। विद्यालय प्रशासनले गत अगस्त महिनामा नै तालिबवनलाई लिएर आशंका व्यक्त गरेको थियो। केही शिक्षकले विद्यालयका पर्खाल आक्रमणकारीलाई रोक्ने खालको नभएको बताएका पनि थिए। यसमा खासै कसैले ध्यान दिएन। आत्मघाती आक्रमणकारी मंगलबार बिहान १०:३० मा विद्यालयको पर्खाल चढेर भित्र आएका थिए। -एजेन्सी
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments