Home �
News
� बाथरुममा लगातार बालिका बलात्कार गर्नेलाई १६ वर्ष कैद
Unknown |
13:56 |
0
comments
December 2, 2014
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बालमन्दिरका तीन बालिकालाई बलात्कार गर्ने दुईजनालाई १६ वर्ष कैदको फैसला सुनाएको छ ।
न्यायाधीश पशुपति आचार्यको एकल इजलासले अभियुक्त रविन चालिसे र रविन श्रेष्ठलाई १६ वर्ष कैदका साथै पीडित बालिकालाई जनही एकलाख रुपैयाँ क्षतिपूर्ती उपलब्ध गराउने फैसला गरेको हो।
बालमन्दिरको विद्यार्थी संगठनका अध्यक्ष रहेका चालिसे र परियोजना प्रमुख श्रेष्ठले अपसी मिलमतोमा १६ बर्षभन्दा मुनिका सुस्त मनस्थिती भएका तीन बालिकालाइ निरन्तर बलात्कार गर्दै आएका थिए ।
केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीले दुबैजनालाई जेठमा पक्राउ गरि कारवाही अगाडी बढाएको थियो।
अदालतमा तिनै जना बालिकाले आफुहरुलाई अभियुक्तले अश्लिल भिडियो देखाएर बाथरुम र लाइब्रेरीमा लगेर पटकपटक बलात्कार गरेको बयान दिएका थिए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
Category:
News
0 comments