प्रेमिकालाई विवाह प्रस्ताव राख्दा छिमेकीको छत भत्कियो
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
आइजेल्सटाइन–प्रेमलाई सफल पार्न प्रेमीले आफ्नी प्रेमीकालाई आकाशको जुन तारा धर्तीमा खसाल्ने वाचा गरेको सुनिँदै आइएको हो। तर यस्तै काल्पनिक कुरा वास्तविक जीवनमा उत्रार्न खोज्दा एक प्रेमी घाइते भएका छन्।
नेदरल्याण्डको आइजेल्सटाइन शहरमा एक प्रेमीले फिल्मीशैलीमा आफ्नी प्रेमीकालाई विवाहको प्रस्ताव राख्ने क्रममा घाइते भएका हुन्। ती प्रेमीले आफ्नी प्रेमीकालाई अलग ढंगबाट विवाहको प्रस्ताव राख्न चाहन्थे। उनी प्रेमिकाको बेडरुमको झ्यालमा आएर फिल्मीशैलीमा गीत गाउँदै विवाहको प्रस्ताव राख्न चाहन्थे।
जसको लागि उनले क्रेनको प्रयोग गरे। तर, यस्तो बेलामा असन्तुलित भयो उनी छिमेकीको घरको छतमा पछारिन पुगे। सो घटनामा छिमेकीको घरको छत भत्किएन मात्रै उनलाई त्यँहाबाट निकाल्न अरु दुई घर खाली गराउनु पर्यो। छिमेकीको निकै नोक्सान भएपनि विवाहको प्रस्ताव भने प्रेमिकाले स्विकार गरेकी छन्। डच मिडियाको रिपोर्ट अनुसार अहिले प्रेमी–प्रेमिका पेरिसमा हनिमुन मनाइरहेका छन्।
source: nagariknews
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: wonder




0 comments