Home �
News
� मेस्सीलाई बोतल हान्ने समर्थकलाई भ्यालेन्सियाले आजीवन प्रतिबन्ध लगाउने
Unknown |
01:15 |
0
comments
मेस्सीलाई बोतल हान्ने समर्थकलाई भ्यालेन्सियाले आजीवन प्रतिबन्ध लगाउने
December 02, 2014
भ्यालेन्सिया, मंसिर १५ – स्पेनिस क्लब भ्यालेन्सियाले बार्सिलोनाका स्टार लियोनेल मेस्सीलाई बोतलले हिर्काउने आफ्नो समर्थकलाई आजीवन प्रतिबन्ध लगाउने बताएको छ ।
आइतबार राती भएको खेलमा मेस्सीलाई गोलको खुसियाली मनाउने क्रममा बोतल हानिएको थियो ।
खेलको अन्तिम मिनेटमा सर्जिओ बुस्केटले विजयी विजयी गोल गरेपछि २७ वर्षीय मेस्सी मैदानको कुनामा गएर खुसियाली मनाएका थिए । त्यही बेला उनीमाथि बोतल प्रहार गरिएको थियो ।
घटनमा मेस्सीलाई ठूलो चोट नलागे पनि भ्यालेन्सियाले यस्तो हर्कत सहन नसक्ने बताउँदै दोषी पत्ता लगाई कारवाही गर्ने प्रतिबद्धता जनाएको छ ।
यसअघि एथ्लेटिको म्याड्रिड र डिर्पोटिभो बीचको खेलपछि समर्थकहरु भिड्दा एकको ज्यान समेत गएको थियो ।
Category:
News
0 comments