Hindi Films

अल्सर रोगीले खान हुने र नहुने खानेकुरा

Unknown | 04:16 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
अल्सर प्राय गरेर अहिलेका मानिसहरुमा ग्यास्ट्रीक बढ्दो छ । समयमा खाना नखानाले खाना खाएमा पनि भोका पेटमा चिल्लोले गर्दा ग्यास्ट्रीक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्छ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दघ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुको खानपानको लापरबाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ? अल्सर रोग लाग्यो भने छाति वा पेटको माथिपट्टिको भाग दुख्छ । खाली पेट अथवा खाना खाइसकेपछि पनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ, उल्टी आयो भने आराम हुन्छ । वाक्दा रगत नै पनि आउन सक्छ । अल्सर लागेमा के खानेकुरा खाने ? चिसो दुध पटक पटक दिनको ७ ८ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै ४ ५ पटक खाने । खानामा दुध, दाल, विस्कुट, रोष्ट भात, मुगको दाल, स्याउदाना, जाउलो खाने । फलफूलमा जस्तै अङ्गुर पाकेको केरा, स्याउदाना, गाँजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खानुहुन्छ । अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ? अत्यधिक तातो र चिसो खानेकुरा नखाने । पिरो, मसलाको मात्रा धेरै, चर्को तरकारी, अमिलो दहि र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रंग हालेको चिया र कफी नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments