Hindi Films

४० हजार मानिसको हड्डीले सजाइएको चर्च (फोटोफिचर)

Unknown | 15:17 | 0 comments


 

24Sedlec-Ossuaryहुन त संसारमा तपाईंले अनेकौँ अचम्म लाग्दा घटनाहरु देख्दै, सुन्दै र भोग्दै आउनु भएको होला तर संसारमा यस्तो पनि एउटा ठाउँ छ जहाँ मानिसहरुको हड्डी र कंकालले चर्चलाई सजाइएको छ । चर्चलाई देख्ने बित्तिकै यो हड्डीले मात्र बनाएको जस्तो भान हुन्छ । चर्चको यो दृश्यले आफ्नो छ्ट्टै कथा बयान गर्दछ ।
Bone-Church-3मानिसहरुको हड्डीले सजाइएको यो चर्चलाई ‘अस्युअरी’ नाम दिइएको छ । यहाँ सबैभन्दा पहिले शवहरुको अस्थाई रुपमा चिहान बनाइन्छ । त्यसको केहि समयपछि उक्त लासको हड्डीहरु निकालेर यहाँ राखिने गरिन्छ ।
1SedlecTrumpetआज हामी तपाईंलाई यहि अस्युअरी सिरिजको बारेमा बताउँदैछौँ । ‘सेडलेक अस्युअरी’ चेक गणराज्यमा अवस्थित छ । यहाँ करिब चालिस हजार मानिसहरुको हड्डीलाई कलात्मक रुपमा सजाइएको छ । यसको कहानी सुरु हुन्छ १३ औँ शताब्दीबाट । यहाँका एक सन्त हेनरीलाई पवित्र भुमी प्यालेस्टिना पठाइएको थियो । सन् १२७८ मा जब हेनरी त्यहाँबाट फिर्ता भए तब उनले प्रभु यशुलाई मारिएको ठाउँको माटो एउटा जारमा भरेर आफू सँगै ल्याएका थिए । उक्त माटो उनले यहाँस्थित एउटा चिहानमाथि खन्याइदिए । त्यसपछि त्यो ठाउँ मानिसहरुलाई गाड्ने लोकप्रिय ठाउँ बन्यो । १४ र १५ औँ शताब्दिमा यहाँ महामारी र युद्धका कारण थुप्रै मानिसहरुको ज्यान गयो । तीमध्ये धेरैजसोलाई सेडलेकमा नै गाडियो । एउटै ठाउँमा थुप्रै मानिसहरुलाई गाड्नु परेका कारण उक्त चिहानमा खाली ठाउँ नै बाँकी रहेन । जसका कारण मानिसहरुले यहाँ एउटा अस्युअरी बनाउने सोच बनाए ।
3Bone-Church-2चिहानबाट हड्डी निकालेर अस्युअरीमा राख्ने जिम्मेवारी त्यहाँका सन्तहरुलाई नै प्रदान गरियो । तर सन् १८७० मा करिब ४० हजार मानिसहरुको हड्डीहरुलाई कलात्मक ढङ्गबाट सजाउने काम फ्रान्टिसेक रिन्डले गरे । निकै छोटो समयमा नै यो चर्च आफ्नो सुन्दरताका कारण विश्व प्रसिद्ध हुनपुग्यो । यो चर्च ‘द चर्च अफ बोन्स’ नामबाट मानिसहरुमाझ चर्चित छ । हरेक वर्ष यहाँ दुईलाख भन्दा बढि मानिसहरु यो अचम्मको चर्चलाई अवलोकन गर्न आउँदछन् । (एजेन्सी)
4Sedlec-Ossuary-in-Kutná-Hora5Bone-Crossenhanced-buzz-wide-16760-1375111026-7enhanced-buzz-wide-15157-1375111016-66enhanced-buzz-wide-15452-1375111017-12enhanced-buzz-wide-28793-1375111025-23enhanced-buzz-wide-16742-1375114281-34enhanced-buzz-wide-25737-1375114282-34enhanced-buzz-wide-25753-1375111125-12
 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments