Hindi Films

मलालाले भनिन्–‘पाकिस्तानको प्रधानमन्त्री बन्न चाहन्छु’ (भिडिओ सहित)

Unknown | 15:07 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
Published: December 10, 2014
काठमाडौं, मंसिर २४ । नोबेल शान्ति पुरस्कार विजेता पाकिस्तानी किशोरी मलाला युसुफजाइले राजनीतिमा लागेर मुलुकको प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेकी छन् । बीबीसीसँग कुरा गर्दै पाकिस्तानमा बालिका शिक्षाको अभियानमा सक्रिय मलालाले बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्किएर राजनीतिमा लाग्ने चाहना व्यक्त गरेकी हुन् । आज (बुधबार) नोबेल शान्ति पुरस्कार ग्रहण गर्न लागेकी मलालाले पाकिस्तानमा ५० लाख बालबालिका स्कुल जानबाट बन्चित रहेको भन्दै विश्वमा विभिन्न मुलुकका बालबालिकाको अवस्था दयनीय रहेकाले त्यसका लागि काम गर्ने दृढता व्यक्त गरिन् । नोबेल पुरस्कारबाट प्राप्त हुने रकम पाकिस्तानको स्वात र शांगलाहिल क्षेत्रको विद्यालयका लागि खर्च गर्ने मलालाको भनाइ थियो । मलालाले आफ्नो गाउँ स्वात उपत्यकामा राम्रो शैक्षिक अवस्था देख्न चाहेको समेत बताइन् । भारतका कैलाश सत्यार्थीसँग संयुक्त रुपमा नोबेल पुरस्कार जितेकी मलालाले भारत र पाकिस्ताबीचको शान्तिबाट मात्रै दुबै मुलुकले प्रगति गर्न सक्ने धारणा व्यक्त गरिन् । बालिकाको शिक्षाका लागि आवाज उठाएको भन्दै सन् २०१२ को अक्टोबरमा स्वात उपत्यकामा तालिवानको गोली प्रहारबाट घाइते भएकी मलाला उपचारका लागि बेलायत पुगेपछि अहिले त्यही बसिरहेकी छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments