Hindi Films

आमिर खानको लाज ढाक्ने रेडियोलाई ३ करोड भन्दा बढी

Unknown | 05:48 | 0 comments

एजेन्सी । एउटा रेडियोलाई कति पर्ला ? अनुमान गर्नुस् बढीमा केही हजार सम्म । तर पत्याउनु हुन्छ बलिउड अभिनेता आमिर खानले आफ्नो पछिल्लो चलचित्र 'पीके'मा प्रयोग गरेको रेडियको मूल्य भने ३ करोड भन्दा बढी रहेको खुलासा भएको छ । यस अघि न्यूड पोष्टरका कारण चर्चामा रहेका आमिर अहिले रेडियोको मूल्यका कारण चर्चामा छन् । आमिर खानको लाज ढाक्ने रेडियो अहिले लिलामीमा राखिएको छ । एक अंग्रेजी अखवारका अनुसार यो रेडियो किन्नका लागि अहिले सम्म डेढ करोड भारु भन्दा बढी अर्थात नेपाली रुपैयाँ ३ करोड भन्दा पनि बढिमा माग भैसकेको छ । खासमा यो रेडियो शुरुमा किन्दा भने मुम्बइको चोर बजारबाट सस्तो मूल्यमा उठाइएको थियो । यद्यपी जति मूल्य परेपनि यो रेडियो बेच्न नहुने आमिरको भनाइ छ ।

Category:

0 comments