Hindi Films

छोराछोरीको लाजले अंग्रेजी सिक्दै अभिभावक

Unknown | 11:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
झापा, पुस ३ – बिर्तामोड नगरपालिका –६ निवासी नरपतिपोखरेल अहिले ५६ वर्षका भए । दुई छोरा र एक छोरीका बुबा अनि ३ नातिनातिनाका हजुरवुवा बनिसकेका उनलार्ई अंग्रेजी खरर बोल्ने ठूलो धोको छ । सानो छँदा पढ्ने मौका नपाएको बताउने पोखरेल भन्छन्, ‘ उ बेला पढ्न पाइएन त्यसैले अहिले बुढेसकालमा दुःख गर्दैछु ।’ सामान्य लेखपढमात्र गर्न जान्ने पोखरेललाई अरु जस्तै अंग्रेजी भाषामा नै कुरा गर्न मन लाग्ने गरेकाले दिनहुँ विहान सबेरैदेखि राति अबेर सम्मपनि अंग्रेजी भाषा सिक्न थालेको बताउछन् ।??????????????????????????????? ‘बुढो भएर होला दिमाग लेहत्तपत्त कुरो टिप्दो रहेनछ त्यसैले सुत्दापनि देखिने गरी भित्तामा मिनिङ लेखेको कपी टाँसेर पढदै सुत्छु । बिर्तामोड स्थितव्रिटिस ल्याङ्वेज एण्ड आइटी इन्ष्टिच्युटमा अंग्रेजी सिक्दै गर्दा भेटिएका पोखरेलले भने । बढ्दो अंग्रेजी भाषाप्रतिको मोहले गर्दा पोखरेल मात्र होइन उक्त इन्ष्टिच्युटमा अहिले उनि जस्ता झापाका धेरैले बुढेस कालमा अंग्रेजी भाषा सिक्न सुरु गरीरहेका छन् । पोखरेल जस्तै पाँचथरको अम्मरपुरमा जन्मिएर हाल बिर्तामोड नगरपालिका –६ मा स्थायीवसोवास गर्दै आएकी ३४ वर्षीया दुर्गा अधिकारी पनि आंग्रेजी भाषा सिक्न ब्यस्त देखिन्छिन् । प्लस टु ससम्मको अध्ययन गरेको बताउने अधिकारी अम्मरपुर माध्यमिक विद्यालय पाँचथरमा ४ कक्षा बाटमात्र अंग्रेजी सिकेकाले अहिले केटाकेटीलाई ‘होमवर्क’ सिकाउन नजानेर लाजले आंग्रेजी भाषा सिक्न थालेको बताउछिन् । ‘डाक्टर बन्ने सपना थियो मेरो, म अंग्रेजी कनीकुथीमात्र पढ्न सक्थे’ अधिकारी बताउछिन । उनि भन्छिन–‘डाक्टर बन्न त्यति सजिलो रहेनछ अंग्रेजीपढ्न नजान्दा मेरो डाक्टरबन्ने सपना सपनामै सिमित रह्यो । ’ पढ्दा पढ्दै सानो उमेरमा विवाह बन्धनमा बाँधिएपछि व्यावहारिक टेन्सनले च्यापेर पढ्न नपाएकोमा उनलाई ठूलो गुनासो छ । तर, आफ्ना छोरा छोरीलाई उच्चशिक्षा हासिल गराउन आफू पनि अंग्रेजी भाषामा दक्ष बनेपछिमात्र सफलहोइन्छ भन्ने लागेर यहाँ अंग्रेजी सिक्न आएकीहुँ गृहणी अधिकारी भन्छिन । आफ्ना श्रीमान शिक्षण पेशामा आवद्ध भएपनि झापामा नभएको र छोरा छोरीको पढाइमा हेरचाह गर्न नपाउँदा आफूले नै उनीहरुको सम्पूर्ण कुरा हेर्नु पर्दा व्यवहारिक समस्या आफूलाई भएपनि त्यो भन्दा ठूलो समस्या उनीहरुलाई गृहकार्य सिकाउन नजान्दा भएको दुर्गाको अनुभब छ । यता ५६ वर्षमा पोखरेलले किनसिक्नु प¥यो त अंग्रेजी? व्रिटिस ल्याङ्वेज एण्ड आइटी इन्ष्टिच्युटमा भाषा सिक्दै गर्दा भेटिनुभएका पोखरेल छोरो अर्जुन इलेक्ट्रोनिक इन्जिनियर भएका कारण७ वर्षदेखि यूएस बस्छ , छोरी ज्वाई अस्टे«लियामा छन् । कहीले काँही फेसवुवमा कुरा गरौं भन्छन् त कहिले के मा गफ गरौ भन्छन् अंग्रेजी नजान्दा उनीहरुसंग कुरा गर्न समस्या भएकाले पढ्न थालेको बताउछन । ४ महिना अघि छोराले बोलाएर यूएस पुगेर झापा फर्किएका पोखरेल त्यहाँ रहदा आफूलाई केसैले केही सोधे ‘नो इङ्लिस’ बाहेक कुनै जवाफ फर्काउन नसकेकाले पनि नेपाल फर्किए लगत्तै अंग्रेजी सिक्न थालेको उनले बताए । यहाँ ईपोखरेल र अधिकारी उदाहरणका पात्र मात्र हुन् । उनीहरु जस्ता धेरैले उक्त इन्ष्टिच्युटमा अहिले आंग्रेजी भाषा सिकिरहेका छन् । अंग्रेजी भाषा राम्ररी नजानेकै कारण झापाखजुरगाछी – ३ का हृदय राजवंशी र गरामनी – ९ निवासी विना शिवाकोटीपनि सोही इन्ष्टिच्युटमा आंग्रेजी भाषा सिकिरहेका छन् । राजवंशी वीएड सकेका विद्यार्थी हुन् भने शिवाकोटी कक्षा १२ माअध्ययनरत बिद्यार्थी हुन् । सामुदायिक विद्यालयमा पढेका कारण आफूहरुको अंग्रेजी कमजोर भएकाले यहाँ आएर ल्याङ्वेज सिक्नु परेको उनीहरुको भनाई छ । त्यसोत विश्व बंैकको सहयोगमा व्रिटिस ल्याङ्वेज एण्ड आइटी इन्ष्टिच्युटमा अंग्रेजी भाषाको काउन्सिलिङ शुरु भएपछि अनारमन ीनिवासी ७२ वर्षीय लवराज प्रसाई,६७ वर्षीया राधिकाखड्कासहित महेन्द्ररत्न उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक कल्पना भण्डारी पनि अंग्रेजी भाषा सिक्नदिनहुँ आउने गरेको इन्ष्टिच्युटका सञ्चालक वत्सल भट्टराईले बताए । यसैबिच ८ लाख १२ हजार ६ सय ५० कूल जनसंख्या रहेको झापामा अझैं १५ देखि ६० वर्ष उमेर समूहका ५८ हजार चार सय ४६ जना झापाली निरक्षर रहेको जिल्ला शिक्षाकार्यालय झापाले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments