Home �
News
� सुनको भाउ एकै दिन १७ सय बढ्यो
Unknown |
08:51 |
0
comments
१६ मंसिर, काठमाडौं । निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ मंगलबार हृवात्तै बढेको छ । स्थानिय बजारमा मंगलबार सुनको भाउ तोलामा १७ सय र चाँदी ४० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ तोलाको ५१ हजार ५ सय रुपैयाँ तोकेको छ । सोमबार सुन तोलामा पाँच सय रुपैयाँले घटेर ४९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार बजारमा चाँदी तोलाको ७ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तोलामा २० रुपैयाँले घटेर ६ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।
पछिल्लो समय सुनचाँदीको भाउमा निकै उतार-चढाव आइरहेको छ । यसले सुनचाँदी बिक्री गर्ने व्यवसायी र खरिद गर्ने ग्राहकहरुलाई अन्यौलमा पारिदिएको छ ।
Category:
News
0 comments