Home �
� यौनधन्दामा संलग्न श्वेता अब स्क्रिप्ट कन्सल्टेन्ट
Unknown |
08:41 |
0
comments
मुम्बइ । झण्डै एक महिनाअघि हैदरावादमा यौनधन्दामा संलग्न भएको आरोपमा प्रहरीद्धारा पक्राउ परेकी अभिनेत्री श्वेता बसु अहिले स्क्रिप्ट कन्सल्टेन्ट भएकी छिन् । यौन धन्दा चलाएको अभियोगमा प्रहरीद्धारा पक्राउ परेकी श्वेताले प्रहरीको सामु आफुले वाध्यताले नभएर रहरले यौनधन्दा सुरु गरेको बताएकी थिइन् ।
हैदरावादमा रहेको एक पाँच तारे होटलमा उच्चघरानियाहरु सँग यौन कार्य गर्दा गर्दै उनी पक्राउ परेकी थिइन् । केही दिन हिरासतमा रहेकी श्वेताले आगामी दिनमा यौनधन्दामा संलग्न नहुने वाचा गरेकी थिइन् ।
‘स्क्रिप्ट कन्सल्टेन्ट’ को कामवाट पनि आफुले आनन्द लिइरहेको बताइन । ‘नयाँ काम, नयाँ अफिस छुट्टै खालको रमाइलो छ ।’ श्वेताले भनेकी छिन् ।
विभिन्न एजेन्सीहरुले उल्लेख गरे अनुसार अहिले श्वेतालाई बलिउडकै एउटा प्रतिष्ठित प्रोडक्सन हाउसले स्क्रिप्ट कन्सलटेन्टको काम दिएको हो । जुन प्रोडक्सन हाउसका सञ्चालक अनुराग कश्यप, विकास बहल र विक्रमादित्य रहेका छन् ।
Category:
0 comments