Hindi Films

श्रीमान-श्रीमती द्वारा आत्माहत्या

Unknown | 03:40 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
तनहुँ, जामुने ९ गुणादीका एक दम्पतीले एउटै नाम्लोको पासो लगाई आत्माहत्या गरेको अवस्थामा बुधबार भेटिएका छन् | तेईस वर्षीय सुवास नेपाली र १८ बर्षीया उनकी श्रीमती श्रीकलाले घरबाट करिव डेड किलोमिटरको दुरीमा रहेको दिर्वु बन क्षेत्रको रुखमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।
मंगलबार मध्यान्ह करिव २ बजे घरबाट घाँस काट्न भनेर हिडेका उनीहरु बुधबारसम्म नफर्किएपछि छिमेकीहरुले बन्यजन्तुको आक्रमणमा परेको आशंका गरी खोजी गर्दा झुण्डिएर मृत अवस्थामा भेटिएपछि प्रहरीलाई खवर गरेका थिए । पेटको अप्रेसन गरेर नियमित औषधी सेवन गर्ने गरेका सुवास र टाउकोको विरामी रहेकी श्रीकलाले मानसिक तनावका कारण आत्माहत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सुवास र श्रीकलाको शव पोष्टमार्टमपछि दमौली अस्पतालमा राखिएको छ । आवश्यक प्रकृया पुरा गरी आफन्तको जिम्मा लगाईने प्रहरी उपरिक्षक गोपीमान श्रेष्ठले बताए । घटनाको बारेमा अनुसन्धान समेत अघि बढाईने उनले जानकारी दिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments