Hindi Films

कपिल शर्माले भने–नेपाल घुम्न भ्रमण स्थगित गरिन

Unknown | 06:02 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं : चर्चित भारतीय कमेडियन नेपाल घुम्नका लागि भ्रमण स्थगित नगरेको बताएका छन् । शनिबार दिउँसो काठमाडौं आइपुगेका कमेडियन शर्माले पत्रकारहरुसँग कुरा गर्दै नेपाल घुम्ने रहर पुरा गर्न आफूले भ्रमण स्थगित नगरेको बताएका हुन् । शनिबार अपरान्ह याक एन्ड यति होटलमा पत्ररकाहरुसँग कुरा गर्दै कमेडियन शर्माले एनसेलले गर्न लागेको पर्पल फेस्ट कार्यक्रम स्थगित हुँदा आफूलाई दुःख लागेको प्रतिक्रिया पनि दिएका छन् । उनले उपयुक्त समयमा अर्को कार्यक्रम लिएर आउने पनि बताए । आफूलार्इ नेपाल धेरै मन पर्ने देश भएको बताउँदै उनले आफू घुम्नैका लागि नेपाल आएको बताएका थिए । कार्यक्रम रद्द भएको खबर भारतमै थाहा भएर पनि आफू नेपाल आएको कपिलको भनाइ थियो । कपिलले आफू ६ वर्ष पहिले पनि नेपाल आइसकेको बताउँदै नेपालमा चाँडै अर्को कार्यक्रममा आउने विश्वास दिलाए । एनसेलले शनिबार दिउँसो दशरथ रंगशालामा राखेको पर्पल फेस्ट कार्यक्रम जिल्ला प्रशासन कार्यालयले सुरक्षा खतरा रहेको भन्दै स्थगित गर्न आदेश दिएको थियो । पर्पल फेस्टमा कमेडियन शर्मासँगै भारतीय गायक सोनु निगमले पनि प्रस्तुती दिने कार्यक्रम थियो । शर्मासँगै कमेडी विद कपिलका केही कलाकार पनि काठमाडौं आएका थिए । कपिल शर्मा आइतबार भारत फर्किने कार्यक्रम छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments