Hindi Films

प्रेमीसँग बस्न नपाएको झोंकमा एयर होष्टेसलाई तातो चाउचाउले हानेपछि ........

Unknown | 23:27 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । थाइ एयर एसियाको विमानमा सवार एक महिला यात्रुले आफ्नो प्रेमीसँग बस्न नपाएको झोंकमा विमानकी एयर होष्टेसलाई तातो चाउचाउले हानेपछि हंगामा भएको छ । बैंककबाट चीनको नानजियाङ जान लागेको विमानमा यस्तो भएको हो । थाइ एयर एसियाले यो घटना सम्बन्धि तस्विर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा भाइरल बनेका छन् । डेलीमेलले जनाए अनुसार एक महिला यात्रुले आफ्नो प्रेमीको सिट आफूसँग नपारिदिएको झोंकमा यस्तो हर्कत गरेकी हुन् । प्रेमीसँग सँगै बस्न नपाएपछी ती महिलाले तातो चाउचाउ एयर होष्टेसको मुखमा फ्याँकिदिएकी थिइन् । आफ्नी प्रेमिकासँग बस्न नपाएका युवकले पनि विमान नै उडाउने चेतावनी समेत दिएका थिए । एयर होष्टेस चिच्याएपछि विमानको चालक दलका सदस्यहरुले अवस्था नियन्त्रणमा लिएका थिए । विमानमा यस्तो भएपछि ती जोडीलाई विमानबाट निकालिएको थियो । यही घटनाका कारण विमान ९० मिनेट ढिलो मात्र उडेको बताइएको छ । source: nepaliheadlines
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments