Hindi Films

सुरक्षा कारण देखाउंदै कपिल शर्माको कार्यक्रम स्थगित गर्न प्रशासनको आदेश

Unknown | 08:03 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मंसिर-२६, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भारतीय चर्चित कमेडियन तथा कमेडी नाइट विथ कपिलका संचालक कपिल शर्माको भोलि दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम स्थगित गर्न आदेश दिएको छ । कार्यक्रममा कपिलसँगै भारतीय चर्चित गायक सोनु निगम र नेपाली कलाकारहरुले पनि प्रस्तुती राखिने कार्यक्रम थियो । एनसेलले आयोजनामा हुन लागेको उक्त कार्यक्रमका लागि १३ हजारभन्दा बढी टिकट बिक्रि भईसकेका छन् । काठमाडौँ जिल्ला प्रसाशनले विक्री भएको टिकट तथा रंगशालाको निर्माण सामाग्री पनि यत्रतत्र राखिएकाले सुरक्षा संवेदनशीलतालार्इ हेरेर कार्यक्रम स्थगित गर्न आदेश गरेको जनाएको छ । रंगशालामा कपिलको उपस्थितिमा ‘पर्पलफेष्ट’ कार्यक्रम राखिएको थियो तर, कार्यक्रमको अघिल्लो दिन केहि बेर अघि सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्यक्रम गर्न रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले देशको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उनिसंगको कार्यक्रम माघ ८ गते पछि मात्र गर्न सुझाव दिएको हो । यता आयोजक एनसेलले स्थानीय प्रशासनले मौखिक रुपमा कार्यक्रम स्थगित गर्न अबेर मात्र जानकारी दिएको आरोप लगाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments