Hindi Films

बास माग्न आएका पाहुनाले बालिका अपहरण गरेपछि…

Unknown | 08:40 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नुवाकोट, २२ पुस– नुवाकोटमा एक युवकले बास माग्ने बहानामा नाबालिका अपहरण गरेका छन् । रसुवा ठुलोगाउँका १८ वर्षीय शंकर नेपालीले तुप्चे–२ अक्करेका रामजी पुडासैनीकी चार वर्षीया छोरी श्रृष्टिको अपहरण गरेका हुन् । उनले आइतबार राति बालिका अपहरण गरेका थिए । पाहुनासँगै छोरी हराएपछि बालिकाकी आमा सुशीलाले गाउँलेसँग हारगुहार गरेकी थिइन् । गाउँलेले बालिकालाई अपहरणको दुई घण्टापछि सकुशल उद्धार गरेका थिए । अपहरणमा संलग्न नेपालीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएकामा उनीविरुद्ध अपहरण मुद्दा दायर भएको छ । जिल्ला अदालतल नुवाकोटले प्रहरीलाई मंगलबार थप अनुसन्धानका लागी नेपालीलाई थप सात दिन थुनामा राख्ने अनुमति दिएको नुवाकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिए । अपहृत बालिकाका बाबु हाल वैदेशिक रोजगारीमा सिलसिलामा मलेसियामा छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments