Hindi Films

यसरि आफुलाई जीवन भरिको लागि स्वस्थ राख्नुहोस

Unknown | 07:30 | 0 comments



हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे
पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले
प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो,

कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व
रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक
तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम
मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु
पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले
मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु
¥याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व
सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने
केही खाद्य वस्तु निम्न छन् ः
लसुन ः बढी मात्रामा सल्फर हुने लसुनलाई
शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु
मानिएको छ
। कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम
उत्पादनमा सघाएर लसुनले शरीरबाट
ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह
गर्छ ।
स्याउ ः उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु
तत्व हटाउन मद्दत गर्दछ । घातक
गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई
शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन
पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन
प्रक्रिया सहज बन्छ ।
चुकन्दर ः गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट
ठूलो परिणाममा हुन्छ ।
एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर
शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर
रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु¥याउँछ ।
गाँजर ः गाँजरमा भिटामिन ए, बी ६, सी र के
तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन
प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन
नष्ट हुने भएकाले गाँजर काँचै
खानु राम्रो ।
कागती ः शरीरको सफाइमा कागतीलाई
चमत्कारी स्रोत मानिएको छ । बढी पित्त
उत्पादन गर्न कागतीले
कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक
गिलास पानी पिउने गरेमा तपाईंको शरीर
सफाइमा ठूलो योगदान पुग्छ ।
आलस ः मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३
फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत
स्वस्थ राख्न मद्दत पु¥याउँछ । फाइबर समेत धेरै हुने भएकाले
विषालु तत्व शरीरबाट बाहिर निकाल्न
आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात,
ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर
निकाल्न सहयोग गर्छन् । एजेन्सी

Category:

0 comments