Hindi Films

छोरीको बलात्कार गर्ने बाबुलाई १८ वर्ष जेल

Unknown | 10:56 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
समाजमा बलात्कारको घटना तीब्र रुपमा बढ्दै गएको खबरहरु आइरहेको बेला मंगलबार त्यस्तै घटना सम्बद्ध एउटा मुद्दामा, आफ्नै छोरीलाई बलात्कार गरेको कसुरमा काभ्रे जिल्ला अदालतले एकजना बाबुलाई हदैसम्मको सजाय सुनाएको छ। असोजको पहिलो साता दर्ता भएको उक्त मुद्दामा अदालतले गम्भीर प्रकृतिका फौजदारी मुद्दालाई छिटो किनारा लगाउने योजना अनुसार चार महिना नपुग्दै फैसला टुंगोमा पुर्याएको छ। उक्त फैसलाविरुद्ध पीडकले सजायकाे जानकारी पाएको १०० दिनभित्र पुनरावेदन दर्ता गर्न सक्ने कानुनी प्रावधान छ। अदालती मिसिलहरुका अनुसार ती किशोरीले १० वर्षदेखि पटकपटक आफ्नै बाबुबाट बलात्कृत हुनुपरेपछि त्यसलाई सहन नसकेर आत्महत्याको प्रयास गरेकी थिइन्। फैसला गाउँ नजिकैको डाँडामा ती किशोरी विष सेवन गरेर वेहोस अवस्थामा रहेको फेला परेपछि उनलाई साथीहरुले अस्पताल पुर्याएका थिए।
जबरजस्ती करणीतर्फ ८ वर्ष र आफ्नै छोरीलाई गरेको भएर थप १० वर्षसहित १८ वर्षको हदैसम्मको जेल सजाय र पीडितलाई दुइ लाख रुपैँया क्षतिपुर्ति दिनुपर्ने फैसला भएको छ। हिरण्यप्रसाद भण्डारी, श्रेस्तेदार, काभ्रे जिल्ला अदालत उक्त घटनाको अनुसन्धानका क्रममा बाबुबाटै बलात्कृत भएको उनको बयान र मोबाइल फाेनको कुराकानीकाे रेकर्डबाट थप जानकारीहरु प्राप्त भएपछि काभ्रेको प्रहरीले बाबुविरुद्ध मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा म‌‍‍‌गलबार न्यायाधीश गोपालप्रसाद बास्तोलाले गरेको फैसलाबारे श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले भने, "जबरजस्ती करणीतर्फ ८ वर्ष र आफ्नै छोरीलाई गरेको भएर थप १० वर्षसहित १८ वर्षको हदैसम्मको जेल सजाय र पीडितलाई दुइ लाख रुपैँया क्षतिपुर्ति दिनुपर्ने फैसला भएको छ।" त्यति सजाय सुनाइएका पीडक बाबु मुद्दा दर्ता भएदेखि नै पुर्पक्षका लागि थुनामा छन्। पीडितकी आमाले समेत बाबुकै पक्षमा बयान दिएको बताइएको छ। संरक्षण आफ्नै घरभित्र असुरक्षित रहेकी ति किशोरीले अहिले अदालतमा बाबुविरुद्ध अर्को दुइवटा मुद्दासमेत दर्ता गरेकी छिन्। श्रेस्तेदार भण्डारीले भने, "घरमा बुवाले यौनहिंसा गर्ने र त्यहाँ बस्ने अवस्था नभएको भन्दै अंश मुद्दा र अंश नपाउँदासम्मको लागि मानाचामल भराउनुपर्ने दुइवटा मुद्दा दर्ता भएको छ।" बयानको क्रममा पीडित किशोरीले बाबुले मात्रै नभइ हजुरबुवाले समेत आफूलाई बलत्कार गरेको बताएकी थिइन्। तर मुद्दा सुनुवाईकै क्रममा हजुरबुवाले आत्महत्या गरेका थिए। पीडित किशोरी अहिले एउटा गैरसरकारी संस्थाको संरक्षणमा छिन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments