माग पुरा नगरेको भन्दै नेपाली श्रमिक मलेसियामा आन्दोलित
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
January 3, 2015,नेस । माग पुरा गराउने आस्वासन पछि काममा फकिएका नेपाली कामदारको माग संबोधन नभए पछि मलेसियाको एक कम्पनिका नेपाली श्रमिक पुनः आन्दोलनमा उत्रिएका छन् ।
उनीहरु आन्दोलनमा उत्रिए पछि मलेसियाको पोर्ट केलाङगस्थित मेडिप्रो कम्पनीको काम ठप्प भएको छ । कम्पनीमा कार्यरत नेपाली श्रमिकले कम्पनीबाट उपलव्ध सेवा र सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।
केहि दिनअघि कम्पनीले सेवा सुविधा कटौती गरेको भन्दै आन्दोलन उत्रिएका उनीहरुलाई कम्पनी व्यवस्थापनले माग पुरा गराउने आश्वासन दिएपछि काममा फकिर्एका थिए ।
कम्पनीले आश्वसन दिएपछि माग पुरा हुने आशमा काममा फकिर्एका उनीहरुमध्ये आन्दोलनको अगुवाई गर्ने ३० जनालाई कम्पनीले नेपाल फर्काउन खोजेपछि उनीहरुले पुनः हड्ताल गरेका हुन् ।
उक्त कम्पनीमा एक सय तीन नेपाली श्रमिक कार्यरत छन् । कम्पनीले नेपाली श्रमिकका माग पूरा गर्नुपर्ने र सबैजनालाई एकै पटक नेपाल पठाउनुपर्ने माग गर्दै शुक्रबार दिउँसोबाट काम ठप्प पारेको नेपाली श्रमीकले जानकारी दिए ।
नेपाली कामदारले ओभरटाइम दिनुपर्ने र उपचार खर्च कम्पनीले व्यहोर्नुपर्ने लगायतका माग गर्दै हड्तालमा उत्रिएका हुन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: News
0 comments