Hindi Films

समाजसेवी ललितमान रानालाई युएईबाट बिदाई

Unknown | 03:37 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

 

लालबहादुर ढेंगा, दुबई, युएई
दुबई । गएको १ जनवरी बिहीबारका दिन अबुधावीमा एउटा कार्यक्रमको आयोजना गरेर समाजसेवी तथा नेपाल मगर संघ युएईका वरिष्ठ उपाध्यक्ष ललितमान राना मगरलाई युएईबाट बिदाई गरेको छ । युएईमा लामो समयदेखि रोजगार पश्चात् स्वदेश नेपाल फर्कन लागेको भन्दै मगर संघ युएईले बिदाई गरेको हो ।
Bidai Image 1
उक्त बिदाई कार्यक्रमको प्रमुख अतिथिमा अन्तर्राष्ट्रिय प्रतिनिधि संयोजक गिरमान थापा रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ युएईका अध्यक्ष भरत राना मगरले गर्नु भएको थियो । त्यसैगरी बिशेष अतिथिमा संरक्षक लालबहादुर ढेंगा र उपसंरक्षक धनेन्द्र मास्की रहनुभएका थिए । अन्य अतिथिमा केन्द्रीय पदाधिकारीहरु र क्षेत्रीय प्रमुखहरु रहेका थिए ।
सन् २००२ ताका वैदेशिक रोजगारीको सिलसिलामा युएई छिरेका रानाले युएई छिर्ना साथ समाजसेवी कार्यहरुमा चासो राख्दै नेपाली समाज युएईको केन्द्रीय सदस्यको पदबाट समाज सेवा थालनी गर्नु भएको थियो । अन्य विभिन्न संघ संस्थाहरुमा पनि निरन्तर सहभागिता जनाउंदै नेपाल मगर संघ युएईलाई स्थापनाकालदेखि नै मलजल गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । उहांले गरेको योगदानलाई सबैले भुल्न नसक्ने बताएका छन् ।
बिदाई गर्ने क्रममा ललितमान रानालाई धनेन्द्र मास्कीद्धारा टोपी लगाई दिएका थिए भने लालबहादुर ढेंगाबाट भाङ्ग्रा, गिरमान थापाबाट मायाको चिनो र भरत रानाबाट खादा र सम्मान–पत्र दिएर बिदाई गरेका छन् । अन्य अतिथि तथा पदाधिकारीहरुले पनि खादा ओढाएर बिदाई गरेका थिए ।
Bidai Image 4
आफ्नो मन्तव्यको क्रममा ललितमान रानाले स्वेदश नेपाल फर्केता पनि नेपालबाट सामाजिक संजालमार्फत सम्पर्क आदानप्रदान गर्दै नेपाल मगर संघ युएईलाई सक्दो सहयोग पुर्‍याउने कतिवद्धता जाहिर गरेका छन् । नर्म स्वभाव भएका कारण बिछोड हुनलाई निकै गार्‍हो हुदो रहेछ भन्दै भावुक हुन समेत भ्याए । बिदाई गर्दै सम्मान गरेकोमा संघलाई धन्यवाद दिएका थिए ।
उपाध्यक्ष राजु सिंजालीको शुभकामना मन्तव्यबाट थालनी भएको कार्यक्रमलाई सचिव रेशम सामै मगरले संचालन गर्नु भएको थियो ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments