Hindi Films

पीकेका नायक सुशान्त र अंकिता विवाह बन्धनमा बाँधिँदै

Unknown | 02:55 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी मुम्बई,
भारतीय टेलिभिजन श्रृखंला ‘पवित्र रिश्ता’का मानव र अर्चनाको भुमिकामा चर्चित रहेका सुशान्त सिंह राजपुत तथा अंकिता लोखडेंको जोडी अब विवाह वन्धनमा बाँधीने भएका छन्। नयाँ वर्ष मनाउन दुबई पुगेको यो जोडीले उतै यो निर्णय लिएका हुन। सुशान्तले अंकितालाई दुबईमा विवाहको लागि प्रस्ताव राखेका थिए जसलाई अंकिताले स्वीकार गरेपछि उनीहरुबीच विहे हुने कुरा पक्का भएको हो। उनीहरूले एउटा उपयूक्त मितिमा विहे गर्ने योजना बनाएका छन्। ‘पवित्र रिश्ता’बाट चर्चित बनेका सुशान्तले चेतन भगतको उपन्यास ‘थ्री मिस्टेकस अफ माइ लाइफ’मा आधारित सिनेमा ‘काइ पो चे’बाट बलिउडमा डेब्यू गरेका थिए। उनको पछिल्लो रिलिज सिनेमा ‘पिके’ हो। महेन्द्र सिंह धोनीको वायोपिक सिनेमामा अभिनय गर्न लागेका सुशान्तको रिलिज हुन लागेको आगामी सिनेमा दिवाकर बेनर्जी निर्देशित ‘वोमिकेश बख्शी’ हो। प्राप्त खबर अनुसार उनीहरूले यसवर्ष मे वा जूनमा विवाह गर्ने छन्।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments