Hindi Films

घुस लिँदालिँदै नापी कार्यालयका कर्मचारी पक्राउ

Unknown | 05:40 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बुटवल, २३ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले घुस लिएको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । जिल्ला नापी कार्यालय रुपन्देहीमा बुधबार निरीक्षण गरी सरकारी काम सुसाशन तथा आचरणका विषयमा निर्देशन दिएको केही समयमै सोही कार्यालयका एकजना कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका हुन् । कार्यलय निरीक्षणको केहीबेरमै अख्तियारको सम्पर्क कार्यालय बुटवलले सेवाग्राहीसँग घुस लिइ भाग्दै गरेको अवस्थामा सोही कार्यालयमा कार्यरत सर्भेक्षक रामराज यादवलाई पक्राउ गरेको हो । अख्तियारको टोलीले सेवाग्राहीसँग चार हजार घुस लिई अख्तियारको टोली पुगेको थाहापाई भाग्दै गरेको अवस्थामा भैहरवास्थित युनिभर्सल मेडिकल कलेज अगाडिबाट उनलाई पक्राउ गरिएको अतिख्यार सम्पर्क कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेका यादवले जिल्लाको दक्षिणी क्षेत्र मझगाँवा गाविस ६ को जग्गा हालसाविक गर्न सेवाग्राहीसँग उक्त रकम लिएका थिए । उनीसँग घुस लिएको रकम चार हजारसहित अन्य १२ हजार पाँच सय समेत थप बरामद भएको अख्तियारले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments