बोक्सी भन्दै कुट्नेलाई पाँच महिना कैद र जरिवाना
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपालगन्ज, पुस २२ - बाँके नौबस्ता-७ की चन्द्राकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्ने छिमेकी तारा विकलाई जिल्ला अदालतले पाँच महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले आइतबार उक्त मुद्दामा अन्तिम सुनुवाइ गर्दै तारालाई कैद र जरिवाना फैसला सुनाएको हो । कुटपिटमा सघाएको आरोप लागेका बुहारी लक्ष्मी र छोरी शशिलाई भने अदालतले सफाइ दिएको छ । बाँकेमा बोक्सी आरोपमा कुटपिटका दोषीलाई कैद र जरिवाना भएको यो पहिलो घटना हो ।
नातीलाई बोक्सी लागेर बिरामी बनाएको आरोप लगाएर ताराले गत साउन २२ गते चन्द्राकुमारीमाथि निर्मम कुटपिट गरेकी थिइन् । टाउको, ढाड, हात र पेटमा गहिरो चोट लागेको थियो । चन्द्राकुमारीका पति धीरेन्द्रले तारा, लक्ष्मी र शशिविरुद्ध इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । ताराका तर्फबाट जिल्ला न्यायाधिवक्ता सुरेन्द्रजंग शाही, अधिवक्ता लोकबहादुर शाह, सुनीलकुमार श्रेष्ठ र केवलसिंह थारूले बहस गरेका थिए ।
अदालतको फैसलाबाट चन्द्राकुमारी र धीरेन्द्र भने सन्तुष्ट छैनन् । बोक्सी आरोपमा आफ्नो हत्या प्रयास भएको र सख्त घाइते बनाएकाले अदालतले औषधि उपचार खर्च भराउने आशामा रहेकोमा त्यस्तो फैसला नभएकोभन्दै उनीहरूले चित्त दुखाएका हुन् । 'औषधि उपचारमै ९८ हजार लाग्यो । पैसा नभएर अझै पूरा उपचार गर्न सकेको छैनँ । तर, फैसलाले उपचार खर्चबारे बोलेन, धीरेन्द्रले कान्तिपुरसित भने, 'सरकारवादी मुद्दा भन्न मात्र रहेछ । मिसिल फोटोकपी, साक्षीहरू ल्याउने-लैजाने भाडा, खाना-खाजा खर्च सबै पीडितले व्यहोर्नुपर्ने । एक लाख ऋण लाग्यो ।'
उक्त घटनापछि उनीहरूको परिवार विस्थापित भई कोहलपुरमा भाडामा कोठा लिएर बसेको छ । 'गाउँमा बस्न सक्ने स्थिति भएन । असुरक्षाले घरमा ताला लगाएर भाडामा बस्दै आएका छौं,' धीरेन्द्रले भने । उनी कोहलपुरस्थित अपांग सशक्तीकरण तथा सञ्चार केन्द्रमा कार्यरत छन् । साउनदेखिको तलब पत्नीको उपचार र मुद्दामै खर्च भएपछि ऋण तिर्न नसकेको उनले गुनासो गरे । नौबस्तामा डेढ कट्ठा जग्गामा रहेको घर बेचेर ऋण तिर्ने मनस्थिति बनाएको उनले बताए ।
चन्द्राको परिवार तीन वर्षअघि बर्दिया बेलवाबाट बाँकेको नौबस्ता आएको हो । छिमेकी तारा विकले नाति लक्की पटक-पटक बिरामी परेपछि एक वर्षअघि धामी बोलाइन् । धामीले 'छिमेकमा बोक्सी छे, उसैले गर्दा बिरामी परेको' भनेपछि उनीहरूबीच झगडा सुरु भएको हो । 'तीनपटक झगडा भयो । निर्मम कुटपिट गरे,' ३२ वर्षीया चन्द्राकुमारीले भनिन्, 'उनीहरूले हल्ला पि“mजाएपछि सिंगो गाउँलेले बोक्सी भन्न थालेको थियो । अदालतको फैसलापछि पनि गाउँ फर्किने स्थिति छैन ।'
ताराको परिवारले पटक-पटक धामी ल्याएर आफू र आफ्नो घरमा अक्षता छर्किने गरेको दुःखेसो पनि उनले पोखिन् । जुम्लास्थित कुलदेउता लगाएर बोक्सी भगाउने भनेर आँगनको माटो खनेर लग्दासमेत आफू चुप लागेर बसेको उनले बताइन् । बालकलाई बालटीबी लागेको खुलेपछि पनि चन्द्रालाई बोक्सीकै आरोपमा दुव्र्यवहार गर्दै आएका थिए । 'नाति मात्र हैन, बाख्रा-कुखुरा बिरामी भए वा मरे भने पनि मलाई नै आरोप लगाउँथे,' उनले भनिन्, 'सहन नसक्ने भएपछि अदालत पुगेको हो । अदालतको फैसलाबाट राहत त मिल्यो, पूरा न्याय पाइएन ।'
मुलुकी ऐन अदल १० (ख) मा कसैलाई बोक्सी वा बोक्सोको आरोप लगाउने वा त्यस्तो आरोपमा निजलाई सामाजिक बहिष्कार गर्ने वा कुनै अमानवीय अपमानजनक व्यवहार गर्ने वा यातना दिए तीन महिनादेखि दुई वर्ष कैद वा पाँच हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । व्यवस्थापिका संसद्मा बोक्सीसम्बन्धी आरोप नियन्त्रण तथा सजाय ऐनको मस्यौदा विचाराधीन छ ।पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments