Hindi Films

करिना शाहिदसँग रोमान्स गर्न तयार

Unknown | 13:02 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । बलिउडमा सम्बन्ध टुट्ने र जुट्ने कुरा नयाँ होइन । कुनै बेला प्रेम सम्बन्धमा रहेका करिना र शाहिद कपुर अव फेरी रोमान्स गर्ने भएका छन् । धेरै सम्म शाहिदसँग चलचित्र खेल्न नमानेकी करिना अव भने आफ्ना पुराना प्रेमीसँग रोमान्स गर्न तयार भएकी हुन् । जव वि मेटको यो हिट जोडी अव फेरि नयाँ चलचित्रमा रोमान्स गरेको देख्न पाइने छ । उनीहरु ‘उड़ता पंजाब’ नामक चलचित्रमा आलिया भट्टलाई साइन गराइसकेको भएपनि करिनाले शाहिदसँग रोमान्स गर्न तयार भएपछि यो रोलमा करिना आउन लागेको बताइएको छ । शाहिदसँग प्रेम सम्बन्धमा रहेकी करिना सैफसँग विवाह भएपछि भने शाहिदसँग कुनै पनि फिल्म गरेकी छैनन् । उनीहरुको अन्तिम चलचित्र जव वि मेट निक्कै हिट भएको थियो ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments