Hindi Films

आजको राशिफल: वि.सं.२०७१ साल पुस २३ गते। बुधबार। सन् २०१५ जनवरी ७ तारिख।

Unknown | 15:12 | 0 comments


Aries (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने मौका छ।
Taurus (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पुरानो समस्याले केही झमेला आइलाग्ला । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।
Gemini (का, कि, कु, घ, ङ, छ, के, को, हा):बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
Cancer (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): 
प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । तर, पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
Leo (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ । काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
Virgo (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधनको सदुपयोगबाट राम्रो लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने योग छ। कृषि तथा पशुपालनमा भने सोचेभन्दा कम लाभ होला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ।
Libra (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। सरकारी कामकाजमा खर्च बढ्नुका साथै उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।
Scorpio (तो, ना, नि, नु, ने, नो, या, यि, यु):सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। स्वास्थ्यगत कमजोरीले भने अलि सताउने देखिन्छ।
Sagittarius (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
Capricorn (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।
Aquarius (गु, गे, गो, सा, सि, सु, से, सो, दा):व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ। मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु, रोग र मुद्दा–मामिलामा सावधानी अपनाउनुपर्ने समय छ।
Pisces (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):आम्दानी प्रशस्तै बढ्नेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments