Hindi Films

पटक–पटक सेक्सको चाहानाले लियो इन्जिनियरको ज्यान

Unknown | 08:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा एक सफ्टवेयर इन्जिनियरले आफ्नी पत्नीलाई टाउकोमा धारिलो हतियार प्रहार गरी घाइते बनाएर आत्महत्या गरेका छन् । उत्तरपश्चिम दिल्लीको द्वारका सेक्टर १८ को प्लेटिनम हाइट अपार्टमेन्टमा उक्त घटना घटेको हो । मृतककी पत्नी एक ट्रेडिङ कम्पनीमा काम गर्थिन । इन्जिनियर अमित बच्चन एक कार्यक्रमबाट शनिबार राति घर फर्किएपछि दुवैजनाबीच विवाद भएको प्रहरीले जनाएको छ । विवादपछि उनले पत्नीलाई धारिलो हतियार प्रहार गरेर आत्महत्या गरेका हुन् । एक निजी कम्पनीमा काम गर्ने अमितको घरको एक कोठाबाट घाइते श्रीमतीलाई बाहिर निकालेपछि अर्को कोठाबाट उनको शब पंखामा पासो लागेको अवस्थामा फेला पारेको थियो । उनकी पत्नीको अवस्था समेत नाजुक रहेको अस्पतालले जनाएको छ । उनीहरुको विवाह गत नोभेम्बरमा भएको थियो । घाइते उनकी पत्नी शिवानीका पिताले पहिले पनि आफ्नी छोरीमाथि आक्रमण भएको भन्दै प्रहरीले उजुरी समेत गरेका थिए । शिवानीलाई उनले टाउको, पिठ्युमा प्रहार गरी हत्याको प्रयास गरेपनि भागेर अर्को कोठामा गइ कोठा बन्द गर्न सफल भएकी थिइन् । शिवानीले आफू बेहोस हुनुपूर्व कोठाको झ्यालबाट प्लास्टिकको बाल्टी बाहिर फालेको थाहा पाएर सुरक्षा गार्डले प्रहरीलाई फोन गरेका थिए । उनका पिताले अमितले अफिसबाट घर आएर हरेक दिन शिवानीलाई बलात्कार गर्ने गरेको र बारबार सेक्सको माग गर्ने गरेको प्रहरीमा उजुरी गरेका थिए । source: nepalsandesh
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments