Hindi Films

नेपालका चार एयरलाइन्स 'असुरक्षित'

Unknown | 02:25 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौ, पुस २३ - हवाई सेवाको रेटिङ गर्ने वेवसाइट एयरलाइनरेटिङले प्रकाशित गरेको सूचीमा नेपालका चार एयरलाईन्स असुरक्षित देखाइएको छ । ७ अंकको पूर्णाङ्कमा नेपालका तीन एयरलाईन्सले मात्र १ अंक पाएका छन् भने अर्को एक एयरलाईन्सले २ अंक पाएका छन् । पछिल्ला १० बर्षमा भएको दुर्घटना, यूरोपियन यूनियनको ब्ल्याकलिष्ट, अपरेसन सेफ्टी सर्टिफिकेटलगायतलाई आधार मानेर गरिएको अध्ययन अनुसार नेपालको अग्नी एयरलाईन्स, नेपाल एयरलाईन्स, तारा एयर र यति एयरलाईन्स असुरक्षितको सूचीमा परेका हुन् ।
अग्नी, नेपाल एयरलाईन्स र ताराले ७ मा १ अंक पाएका छन् भने यति एयरलाइन्सले २ अंक पाएका छन् । नेपालका यि एयरलाईन्ससँगै अफगानीस्तानको काम एयर र काजकिस्तानको स्क्वाट एयरले पनि १ अंक पाएको छ । त्यस्तै टि्रगाना एयरले ७ मा २ अंक मात्रै पाएको छ । सन् २०१३ बाट सञ्चालित वेवसाइटले विश्वका चारसय ४९ एयरलाईन्समध्ये अष्ट्रेलियाको क्वान्टस एयरलाईनलाई सबैभन्दा सुरक्षित घोषित गरिएको छ । त्यस्तै एयरन्यूजिल्याण्ड, बि्रटिस एयरवेज, क्याथे प्यासिफिक एयरवेज, इमिरेट्स, इतिहास एयरवेज, ईभीए एयर, फिनेर, लुफ्थान्स र सिंगापुर एयरलाईन्स सुरक्षित एयरलाईन्सको सूचीको अग्रस्थानमा छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments