Hindi Films

के सामान्य अबस्थामा पनि पिसाव पोल्छ?बेलैमा ख्याल गर्नुहोस है ,नत्र ....

Unknown | 10:12 | 0 comments

 
पिसाब पोल्ने समस्या
प्राय सबै जसो मानिसहरु जीवनको कुनै न कुनै समय पिसाब पोल्ने समस्याबाट पिडित हुन सक्छन् तर सामान्य अवस्थामा पनि पिसाब पोल्नुलाई हल्का रुपबाट लिनु हुँदैन । जब जिवाणुहरुले मूत्र नली हुँदै पिसाब थैलिमा आक्रमाण गर्न थाल्छन् तब पिसाब पोल्ने समस्या हुन थाल्दछ । जिवाणुहरु ठूलो आन्द्रा हुँदै पेटमा प्रवेश गर्दछन् र यीनै जिवाणुहरु पिसाब नली हुँदै पिसाब थैलि हुँदै किड्नीमा आक्रमण गर्दछ । पिसाब सम्बन्धि रोग पुरुषमा भन्दा महिलामा ज्यादा हुन्छ किनभने पुरुषको तुलनामा महिलाको मूत्र नली छोटो हुन्छ जसको कारण छिट्टै पिसाब थैलिमा संक्रमण हुन पुग्दछ । यस्तो समयमा यौन सम्पर्क गर्नाले जिवाणुहरु झन छिटो फैलिन पुग्दछन् । एकदम कम पानी पिउने तर अमिलो पिरो बढी खाने व्यक्तिलाई पनि पिसाब पोल्ने समस्या हुन सक्छ । साथै मधुमेहको रोगी तथा गर्भवति महिलालाई पनि पिसाब पोल्ने समस्या हुन सक्छ । त्यस्तै गरेर पिसाब थैलिमा अन्य संक्रमण छ भने पनि पिसाब पोल्ने समस्या हुन सक्छ । जस्तै किड्नीमा स्टोन हुनु तथा प्रोस्टेट ग्रन्थि बढ्नु । कुनै कुनै महिलाहरुलाई यो समस्या बारम्बार हुन सक्छ । लक्षणहरु : १) पिसाब गर्दा पोल्छ र दुख्छ । २) बारम्बार पिसाब गर्न मन लाग्छ तर पिसाब एकदम कम हुन्छ । ३) पेट भारी र दुखे जस्तो हुन्छ । ४) पिसाब धमिलो र गन्ध आउँछ । ५) किड्नी भएको ठाउँमा अथवा एक ठाउँमा दुख्छ । ६) ज्वरो आउँछ र जाडो हुन्छ । ७) वाकवाक लाग्ने तथा वान्ता हुन्छ । उपचार : उपचार गर्नु अघि पिसाब जचाउनु अति आवश्यक हुन्छ । जसबाट पिसाब थैलि वा किड्नीमा असर परेको छ वा छैन थाहा हुन्छ । सामान्य अवस्थामा प्रशस्त पानी पिएर नै यसलाई कम गर्न सकिन्छ भने यदि ज्वरो छ, वान्त हुन्छ, वाकवाक लाग्छ वा कम्मरको दुवै तिर अत्यधिक दुखाई छ भने तुरुन्त डाक्टरको परामर्श लिनु पर्छ । त्यस्तै गरी मधुमेहको बिरामी, किड्नीको बिरामी, नशा सम्बधि रोगी, रोगसँग लड्ने क्षमता कम भएको व्यक्ति, ६० वर्षभन्दा बढी भएको व्यक्ति तथा गर्भवति महिलामा पिसाब पोल्ने समस्या छ भने पनि तुरुन्तै डाक्टरको सल्लाह लिनुपर्छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments