Hindi Films

के गर्भास्थामा महिलाले शारीरिक सम्पर्क राख्नु उपयुक्त हुन्छ ?

Unknown | 13:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मेरो विचारमा प्रेममय सम्बन्धमा भएको यौनसम्पर्कमा शारीरिक पक्षभन्दा मानसिक अनि भावनात्मक पक्ष बढी महत्त्वको हुन्छ, त्यसैले शारीरिक सम्पर्क भनेर यसको बृहत्तर पक्षलाई खुम्च्याउनु मनासिव नहोला। यहाँ तपाईंले शारीरिक सम्पर्क भन्नाले यौनसम्पर्कलाई नै इंगित गर्नुभएको हो भन्ने आधारमा जवाफ दिएको छु। गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ ? गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुराले धेरै दम्पतीलाई चिन्तामा पारेका हुन्छ। गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यो विषयमा पहिले त कसैसँग खुला रूपमा प्रश्न सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग जवाफ पनि दिँदैनन्। चिकित्साक्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त कुराकानी हुने स्थिति निकै कम छ। त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ। यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्‍याउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठ्यारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क धेरैको छ, तर कतिपय चिकित्सक यसमा खास वैज्ञानिक आधार नभएको मान्छन्। मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन अर्थात् आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ र यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन। एकपल्ट विचार गर्नुहोस् त, सामान्यत: कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भ रहे वा नरहेको कुनै जानकारी हुँदैन, तर उनीहरूले यौनसम्पर्कलाई निरन्तरता दिन्छन्। कति उपयुक्त ? गर्भावस्थामा शारीरिक असजिलोपनको अनुभव, सुन्दरतामा कमी वा अनाकर्षक भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदिले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द प्राप्त गर्न सक्दैनन्। गर्भ रहेका कारण यौनसम्पर्क नै नराखिँदा पति-पत्नी बीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ। त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल संचारको आवश्यकता पर्छ। अन्य बेलामा जस्तै गर्भावस्थ्ाामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरताका लागि निकै सहयोगी हुन सक्छन्। पुरुषहरूलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ। यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक अनि तथा भावनात्मक परिवर्तनहरूप्रति जानकारी हासिल गरी त्यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावनालाई बुझ्ने अवसर प्राप्त हुन्छ। यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा यौनसम्पर्क
भैरहेको भए यो अवसरमा नयाँ उपाय वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ र त्यसैअनुसार नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक-अर्कासँग नजिक हुन तथा बुझ्न मद्दत मिल्छ। यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघरको तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत भै ती अंग बलियो हुने अर्का थरीको तर्क छ। गर्भावस्थामा यौनाङ्ग वरिपरि रक्त बहाव बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राखिने भएकाले अझ बढी यौनइच्छा हुने र त्यसअनुरूपको नै यौन आनन्द उठाइने गरेको पाइएका घटनाहरू पनि प्रशस्तै छन्। के कस्तो सावधानी अपनाउनुपर्ला ? अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा आशनका बारेमा विशेष ख्याल राख्नुपर्छ। कुन आशन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा उपयुक्त उपाय हो। पुरुष माथितिर रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आशनहरू गर्भवती महिलाका लागि सजिलो सावित हुनसक्छ तर, कुनै पनि प्रयोगपछि आफ्ना श्रीमती वा यौनसाथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ। लिंगको प्रवेश नै नगराई यौनआनन्द प्राप्त गर्न वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक साबित हुन सक्छ। यदि यौनसम्पर्कपश्चात् योनीरक्तश्राव, पेट दुखे वा गर्भ तुहिन थालेको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे तत्काल यौनसम्पर्क बन्द गर्नुपर्छ। यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग आवश्यक हुन्छ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments