Hindi Films

हेर्नुहोस् बलिउडमा सलमानको साथ पाएर पनि नफापेका हिरोइनहरु

Unknown | 07:19 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ फागुन ३० गते मुम्बई । तीन खान मध्येका चर्चित मानिन्छन् सलमान खान । सलमानको साथ पाएपछि धेरै हिरोईनको करिअर बनेको छ । तर, केही हिरोईन् यस्ता छन्, जसले सलमानको साथ पाए पनि कमाल गर्न सकेनन् । सलमानको साथ नफापेका हिरोईनहरु को को हुन त ? जरिन खान : सन २०१० मा ‘वीर’मा सलमानको हिरोईन बनेकी जरिन खान पनि काम चलाउमै सिमित रहिन् । सलमानकी पुरानी मित्र क्याटरिना केफसंग अनुहार मिल्ने जरिनले अनुहारको कारण चर्चा पाएपनि अभिनय गरेर चर्चा बटुल्न सकिनन् । डेजी शाह : डेजी शाह कोरियोग्राफर गणेश आचार्यकी सहायक हुन् । १० वर्ष आचार्यको सहायक रहेकी डेजी थुप्रै फिल्ममा सामान्य भूमिकामा देखिएकी छिन् । सन २०१३ मा रिलिज भएको ‘जय हो’ मा सलमानको हिरोईन बनेकी डेजीले राम्रै चर्चा पाएकी थिईन् । त्यसपछि अरु कुनै पनि निर्माताले उनलाई हिरोईनको प्रस्ताब राखेनन् । भाग्यश्री : सन १९९० मा सलमान खानको साथमा ‘मैने प्यार किया’ मा अभिनय गरेकी थिईन् भाग्यश्रीले । फिल्मको लोकपि्रयतासंगै सलमान र भाग्यश्रीको चर्चा शिखरमा पुग्यो । सलमानले करिअरलाई अगाडि बढाए पनि भाग्यश्रीले अभिनयलाई नीरन्तरता दिन सकिनन् । हिमालयन दासानीसंग बिबाह गरेपछि अर्को फिल्म ‘पायल’ मा काम गरिन् । उक्त फिल्म ब्यबसायिक रुपमा असफल भएपछि अभिनयवाट विश्राम लिन वाध्य भईन् । केही वर्षपछि टेलिश्रृङ्खला ‘तृषा’ मा काम गरेकी उनी अहिले आफ्नो छोरा अभिमन्युलाई अभिनयमा ल्याउने तयारीमा छिन् ।
भुमिका चावला : सन २००३ मा भुमिका चावला र सलमान अभिनित फिल्म ‘तेरेनाम’ प्रदर्शन भयो । तेरेनाम खेल्नुअघि पनि केही तेलुगु फिल्म खेलेकी भुमिकाले तेरेनाममा काम गरेपछि बलिउडमै ठाउँ बनाएको चर्चा सुरु भयो । त्यसपछि पनि रन, दिल ने जिसे अपना कहा र सिलसिले जस्ता फिल्ममा काम गरिन् । तीनै फिल्म ब्यबसायिक रुपमा असफल भयो । उनी सन २००७ मा योग गुरु भरत ठाकुरसंग बिबाह गरेपछि हिन्दी फिल्ममा फर्किईनन् । दक्षिण भारतीय फिल्ममा भने अहिले पनि काम गरिरहेकी छिन् । स्नेहा उल्लाल : सन २००५ मा ‘लकी नो टाइम फर लभ’ मा सलमानको हिरोईन बनेकी थिईन् स्नेहा उल्लाल । ऐश्वर्या रायँंग झगडा परेपछि तनाबमा रहेका सलमानले ऐश्वर्याको जस्तै अनुहार भएको हिरोईन खोज्ने क्रममा स्नेहालाई ल्याएका थिए । डेढसय जनावाट अडिसन दिएर छानिएकी स्नेहाको फिल्म रिलिज हुनु अघि राम्रै चर्चा भएपनि फिल्म रिलिजपछि उनको प्रभाव त्यति परेन । केही तमिल र तेलुगु फिल्ममा काम गरेकी स्नेहा अहिले पनि बलिउडमा फर्किने योजनामा छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments