Hindi Films

दीपिकाको भिडियोमा सोनाक्षी -‘शारीरिक सम्बन्ध र कस्ता कपडा लगाउने भन्ने मात्र महिला स्वतन्त्रता होइन’

Unknown | 06:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७१ चैत १८ गते बलिउड नायिका दीपिका पादुकोणले तयार पारेको छोटो चलचित्र ‘माई च्वाइस’को भिडियोले अहिले विभिन्न तबरले चर्चा पाइरहेको छ । जसमा उनले महिलालाई आफ्नो अधिनमा चल्नुपर्छ भन्ने पुरुषहरुको विरुद्ध दरिलो आवाज उठाएकी छिन् । दीपिकाले तयार पारेको भिडियोले अहिले समर्थन र विरोध दुबै पाइरहेको छ । यो भिडियोको बिषयमा टिप्पणी गर्ने थुप्रै मानिसहरुको भिडमा बलिउड नायिका सोनाक्षी सिन्हा पनि पर्छिन् । जसले दीपिकाको भिडियो आफूले नहेरेपनि यसले महिलाको बिषयमा कुरा उठाएको थाहा भएको सोनाक्षीको भनाई छ । सोनाक्षी भन्छिन्-‘मेरो सोचाई यो छ कि, सशक्तिकरण ती महिलाहरुको लागि आवश्यक छ जसलाई यो आवश्यक छ । हाम्रो जिन्दगी त सुख र समृद्धीमा नै बितेको छ ।’ सोनाक्षीको वुझाइमा महिला सशक्तिकरणको अर्थ कसरी कपडा लगाउने र कोसँग शारीरिक सम्बन्ध राख्नु मात्र होइन । उनको भनाइमा महिलाहरुलाई रोजगारी र ताकत दिनु महिला सशक्तिकरण हो । सोनाक्षीका अनुसार भिडियो राम्रो भएपनि यो समाजका पिछडिएका वर्गसम्म पुग्न जरुरी छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments