Hindi Films

जापानी प्रधानमन्त्री कार्यलयको छतमा भेटियो गोप्य ड्रोन क्यामेरा

Unknown | 11:31 | 0 comments



April 22, 2015
 १५१६ पटक
japan dronजापान । जापानी प्रधानमन्त्री सिन्जो आवेको सरकारी कार्यलयको छतमा क्यामेरा जडान गरिएको ड्रोन फेला परेको छ ।
प्रधानमन्त्रीको सरकारी कार्यलयमा बसोबास गर्दै आएका कर्मचारीले ५० सेन्टिमिटरको उक्त ड्रोन फेला पारेका थिए । बुधबार बिहान फेला परेको उक्त ड्रोनको बारेमा प्रहरीले अध्ययन गरिरहेको छ ।
ड्रोन रहेको स्थानबाट प्रहरीले कुनै बिस्फोटक पदार्थ भने फेला नपारेको जनाएको छ । प्रधानमन्त्री सिन्जो आवे अघिल्लो दिन भर त्यहि कार्यलयमा काम सम्पादन गरेर इन्डोनेशियामा भइरहेको एसिया अफ्रिका सम्मेलनमा भाग लिन गएका थिए ।
जापानमा ड्रोनको प्रयोग सामान्य भएको छ । विभिन्न सर्भे, फोटो तथा भिडियो सुटकालागि ड्रोनको प्रयोग सामान्य मानने गरिन्छ ।
तर पनि प्रधानमन्त्री कार्यलयमा फेला परेको ड्रोन भने जासुसीको लागि प्रयोग गरिएको अनुमान गरिएको छ ।


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments