Unknown |
11:28 |
0
comments
एजेन्सी) सेलिब्रिटीमाथि सबैको चाँसो हुन्छ । त्यही भएर उनीहरुले गर्ने हरेक कृयाकलापलाई सबैले नजिकबाट निहालिरहेका हुन्छन् । तर, चर्चामा रहेका यी सेलिब्रिटीहरुले सार्वजनिक रुपमा यस्ता कृयाकलापहरु गर्छन् जुनले चर्चा र विवाद दुवै निम्त्याउँछ । प्रस्तुत छ यस्ता केही चिर्चित घटनाहरुः
माइली साइरस :
चर्चित गायिका तथा नायिका माइली साइरसले करियरको शुरुवातमा हानामोन्टानाबाट आफ्नो छवि असल केटीका रुपमा बनाएकी थिइन् । तर उनी सन २०१३ मा म्युजिक अवार्ड समारोहमा स्टेजमा यसरी प्रस्तुत भइन्, उनको पुरानो छवि एकाएक बदलियो र उनले सबैलाई अचम्मित पार्ने किसिमको उत्तेजक खालको प्रस्तुती दिइन् । रोविन थिकेटस्सँग कामुक डान्स गरेकी उनको तस्वीर तथा भिडियो इन्टरनेटमा भाइरल बनेको थियो । उनले आफ्नो सोझो छविलाई एकाएक ‘हट’ बनाइकी थिइन् ।
म्याडोना, ब्रिटेनी स्पयर्स र क्रिस्टीना अगुलेरा :
सन २००३ मा म्युजिक अर्वाडका अवसरमा तीन जनाले एक अर्कालाई स्टेजमै चुम्बन गरेपछि दर्शकहरु स्तब्ध बन्दै उनीहरुको चर्तिकला हेरिरहेका थिए । सुरुमा म्याडोनाले स्पयर्सलाई किस गरेकी थिइन् र उक्त दृश्य अगुलिराले हेरिरहेकी थिइन् । त्यसपछि म्याडोनाले पुनः अगाडी गएर अगुलिरालाई किस गरेकी थिइन् । म्याडोनाका पति गे रिट्चीले आफ्नी पत्नीले स्टेजमा देखाइरहेको विचित्रको दृष्य हेरिरहेका थिए ।
जिमी हिन्ड्रेक्स :
गिरारिस्ट जिमीले सन १९६७ मा गीत गाउँदै गर्दा स्टेजमै गिटार जलाएका थिए । यस पछि उनी निकै विवादीत बनेका थिए । पछि त्यो गिटार नभएर गिटारजस्तै वस्तु भएको पत्ता लागेको थियो ।
जस्टीन टिम्बार्लेक र ज्यानेट ज्याक्सन
: जस्टीनले स्टेजमा लाइभ प्रसारण भइरहेको कार्यक्रममा जनेतको ब्राको एउटा भाग च्याथिदिएर संसरलाई नै स्तब्ध बनाएका थिए । टिम्बलेकले यसबाट आफ्नो प्रतिष्ठा गुमाएका थिए । उनको यस व्यवहारका कारण उनको भिडियो कालोसुचिमा राखिएपछि उनले टेलिभिजनमा पटक–पटक माफि मागेका थिए । लेडी गागा : लेडी गागाले सन २०१२ मा स्टेजमै गाँजा तानेर विवादीत बनेकी थिइन् । पछि उनले एउटा अन्तर्वातामा आफुले औषधिका रुपमा गाँजा प्रयोग गरेको भन्दै आफ्नो बचाऊ गरकी थिइन् । उनले अहिले आफ्नो जीवन पूर्णरुपमा परिवर्तन भएको बताएकी थिइन् ।
Category:
0 comments